back

लौहपुरुष गणेशमानको स्मृतिमा फ्रान्समा अन्तरक्रिया

वि.सं.२०७५ असोज ४ बिहीवार

267 

shares
GLOBAL IME AD
NTC AD

१८ सेप्टेम्बर पेरिस फ्रान्स । नेपाली कांग्रेसको बैदेशिक संगठन जनसम्पर्क समिति(नेजस) फ्रान्सले, नेपाली कांग्रेसका लौह पुरुष, सर्बमान्य नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका कमान्डर स्व गणेशमान सिंहको २१औं स्मृति दिबसको अवसरमा अन्तरक्रिया काय्रक्रमको आयोजना गरेको थियो । नेपाली कांग्रेसका बरिस्ट नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा यूरोपस्थित अन्य जनसम्पर्क समितिहरुको पनि प्रतिनिधित्व रहेको थियो ।

सबिधान दिवसको पूर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रममा नेपालको लोकतान्त्रिक संबिधान स्थापनाको लागि जिबन बलिदान गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्दा सुमन ब्यक्त गरिएको थियो । करिब ४ घण्टा चलेको उक्त कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले गरेका थिए ।

कार्यक्रममा नेपाल देखि आएका राष्ट्रिय जनजाति महासंघका निबर्तमान अध्यक्ष एबं पूर्व सभासद नगेन्द्रकुमार कुमाल, जनसम्पर्क समिति बेल्जियमकि सभापति सीता सापकोटा , जसस बेल्जियमका संस्थापक अध्यक्ष ध्रुब पौडेल लगायतका नेताहरुले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्दै बक्ताहरुले नेपाली कांग्रेस पार्टी अहिले दुखको अवस्थामा रहेको तर पार्टी दुबो जस्तो भएकोले कहिले नमर्ने बताउदै पार्टीलाई राम्रो बनाउन सुरुवात आफैबाट गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिस्ट नेता पौडेलले देशमा लोकतान्त्रिक संबिधान स्थापनाको लागि नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको र संबिधान स्थापना पश्चात अहिलेको कम्युनिस्ट सरकारले संविधानको मर्मलाइ बुझ्न नसकेको बताउदै सस्तो लोकप्रियता र झुटले चुनाब जितेर आएको यो सरकारलाई जनताले चिनिसकेको बताए । नेपाली कांग्रेस पार्टीमा पनि सुधारको आवस्यक रहेको र नेपाली कांग्रेस अझ बलियो र ससक्त भएर आउने बाचासहित उनले प्रबासमा रहेका सम्पूर्ण कांग्रेसीहरुले आफ्नो स्थानबाट पार्टीप्रतिको जिम्मेवार निष्ठापुर्बक पुरा गर्न अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै बक्ताहरु रामचन्द्र पौडेल र नगेन्द्र कुमालले गैरआवासीय नेपालीहरुको लागि एक पटकको नेपाली सधैंको नेपाली भन्ने कुरामा आफुहरु अडिग रहेको जानकारी गराएका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमका सभापति सुधिर रानाले उपस्थित सबैलाइ धन्यबाद दिदै नेता पौडेलको यूरोप भ्रमणले जनसम्पर्क समितिहरुमा थप उर्जा प्रदान भएको र नेपाली कांग्रेसमा एकताको संदेश जाने विश्वास ब्यक्त गरेका थिए । पेरिसस्थित माउन्ट एभरेस्ट रेस्तुरन्तमा सम्पन्न उक्त कार्य्रमको संचालन समितिका महामन्त्री कमल बिक्रम केसीले गरेका थिए भने कार्यक्रममा पेरिस बासि नेपालीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ असोज ४ बिहीवार २०:३२ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...