back

लौहपुरुष गणेशमानको स्मृतिमा फ्रान्समा अन्तरक्रिया

वि.सं.२०७५ असोज ४ बिहीवार

531 

shares

१८ सेप्टेम्बर पेरिस फ्रान्स । नेपाली कांग्रेसको बैदेशिक संगठन जनसम्पर्क समिति(नेजस) फ्रान्सले, नेपाली कांग्रेसका लौह पुरुष, सर्बमान्य नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका कमान्डर स्व गणेशमान सिंहको २१औं स्मृति दिबसको अवसरमा अन्तरक्रिया काय्रक्रमको आयोजना गरेको थियो । नेपाली कांग्रेसका बरिस्ट नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा यूरोपस्थित अन्य जनसम्पर्क समितिहरुको पनि प्रतिनिधित्व रहेको थियो ।

सबिधान दिवसको पूर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रममा नेपालको लोकतान्त्रिक संबिधान स्थापनाको लागि जिबन बलिदान गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्दा सुमन ब्यक्त गरिएको थियो । करिब ४ घण्टा चलेको उक्त कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले गरेका थिए ।

कार्यक्रममा नेपाल देखि आएका राष्ट्रिय जनजाति महासंघका निबर्तमान अध्यक्ष एबं पूर्व सभासद नगेन्द्रकुमार कुमाल, जनसम्पर्क समिति बेल्जियमकि सभापति सीता सापकोटा , जसस बेल्जियमका संस्थापक अध्यक्ष ध्रुब पौडेल लगायतका नेताहरुले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्दै बक्ताहरुले नेपाली कांग्रेस पार्टी अहिले दुखको अवस्थामा रहेको तर पार्टी दुबो जस्तो भएकोले कहिले नमर्ने बताउदै पार्टीलाई राम्रो बनाउन सुरुवात आफैबाट गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिस्ट नेता पौडेलले देशमा लोकतान्त्रिक संबिधान स्थापनाको लागि नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको र संबिधान स्थापना पश्चात अहिलेको कम्युनिस्ट सरकारले संविधानको मर्मलाइ बुझ्न नसकेको बताउदै सस्तो लोकप्रियता र झुटले चुनाब जितेर आएको यो सरकारलाई जनताले चिनिसकेको बताए । नेपाली कांग्रेस पार्टीमा पनि सुधारको आवस्यक रहेको र नेपाली कांग्रेस अझ बलियो र ससक्त भएर आउने बाचासहित उनले प्रबासमा रहेका सम्पूर्ण कांग्रेसीहरुले आफ्नो स्थानबाट पार्टीप्रतिको जिम्मेवार निष्ठापुर्बक पुरा गर्न अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै बक्ताहरु रामचन्द्र पौडेल र नगेन्द्र कुमालले गैरआवासीय नेपालीहरुको लागि एक पटकको नेपाली सधैंको नेपाली भन्ने कुरामा आफुहरु अडिग रहेको जानकारी गराएका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमका सभापति सुधिर रानाले उपस्थित सबैलाइ धन्यबाद दिदै नेता पौडेलको यूरोप भ्रमणले जनसम्पर्क समितिहरुमा थप उर्जा प्रदान भएको र नेपाली कांग्रेसमा एकताको संदेश जाने विश्वास ब्यक्त गरेका थिए । पेरिसस्थित माउन्ट एभरेस्ट रेस्तुरन्तमा सम्पन्न उक्त कार्य्रमको संचालन समितिका महामन्त्री कमल बिक्रम केसीले गरेका थिए भने कार्यक्रममा पेरिस बासि नेपालीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ असोज ४ बिहीवार २०:३२ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...