back

कामपा तथा फ्रेडरिक्सवर्ग बीच भगिनी सम्बन्ध स्थापित

वि.सं.२०७५ असोज ४ बिहीवार

318 

shares
GLOBAL IME AD
NTC AD
विजय थापा, डिसी,सेप्टेम्बर १९ । काठमाडौं महानगरपालिकाका (कामपा) तथा अमेरिकाको भर्जिनिया राज्यकोफ्रेडरिक्सवर्ग नगर बीच भगिनी सम्बन्ध स्थापना कार्यक्रम एक बिशेष समारोहका बीच सम्पन्न भएको छ । 
 
२०१७ को अक्टोबरमा काठमाडौँमा भएको भगिनी सम्बन्धको घोषणा भएको थियो भने उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा औपचारिक  साथ वाचन गरेर सुनाइयो । 
 
सो समारोहमा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बिद्या सुन्दर शाक्य र वहाको टोलि तथा फ्रेडरिक्सबर्ग नगरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो समारोहमा काठमाडौँमा सम्पन्न भगिनी सम्बन्धको हस्ताक्षर समारोहको श्रब्य दृश्य समेत देखाइएको थियो । सो अवसरमा दुवै नगर प्रमुखहरुले सम्बोधन गरेका थिए । 
सो अवसरमा नेपाली लोक गायक प्रेम राजा महतले नेपाली राष्ट्रिय गीत तथा लोक गीत गाउनु भएको थियो भने अमेरिकी गायिका लुरी रोज गृफित तथा गायक पिटर मिले ले अंग्रेजी गीत प्रस्तुत गरेका थिए । 
 
सो समारोहमा  फ्रेडरिक्सबर्गका नेपालीहरु तथा साहित्यकार गोबिन्द गिरि प्रेरणाको समेतको उपस्थिति रहेको थियो । फ्रेडरिक्सबर्ग शहरका सडकका किनाराहरुमा अमेरिकाका राष्ट्रिय झन्डा नेपालको राष्ट्रिय झन्डा तथा फ्रेडरिक्सबर्ग नगरको झन्डा फरफराएको दृश्य मनमोहक देखिन्थ्यो । 
 
फ्रेडरिक्सवर्ग नगरका नगर प्रमुख मेरी क्याथरिन ग्रीन दोश्रो पटक निर्वाचित भएकी हुन् । गत बर्ष नेपाल भर्जिनियाको फ्रेडरिक्सबर्ग नगरका नगर प्रमुख ग्रीनले को नेतृत्वमा १० सदस्यीय टोलि नेपाल पुगेको थियो भने काठमांडू महानगरपालिकाको ९ सदस्यीय टोलि अमेरिका आएको छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार २०:५० मा प्रकाशित

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...

गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाले मनायो सप्रि ल्होछार

गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाले मनायो सप्रि ल्होछार

न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले गुरुङ तमु...

न्यूयोर्कमा नेपाली सांस्कृतिक उत्सवको भव्य आयोजना

न्यूयोर्कमा नेपाली सांस्कृतिक उत्सवको भव्य आयोजना

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार सँघद्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम...