back

कामपा तथा फ्रेडरिक्सवर्ग बीच भगिनी सम्बन्ध स्थापित

वि.सं.२०७५ असोज ४ बिहीवार

600 

shares
विजय थापा, डिसी,सेप्टेम्बर १९ । काठमाडौं महानगरपालिकाका (कामपा) तथा अमेरिकाको भर्जिनिया राज्यकोफ्रेडरिक्सवर्ग नगर बीच भगिनी सम्बन्ध स्थापना कार्यक्रम एक बिशेष समारोहका बीच सम्पन्न भएको छ । 
 
२०१७ को अक्टोबरमा काठमाडौँमा भएको भगिनी सम्बन्धको घोषणा भएको थियो भने उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा औपचारिक  साथ वाचन गरेर सुनाइयो । 
 
सो समारोहमा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बिद्या सुन्दर शाक्य र वहाको टोलि तथा फ्रेडरिक्सबर्ग नगरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो समारोहमा काठमाडौँमा सम्पन्न भगिनी सम्बन्धको हस्ताक्षर समारोहको श्रब्य दृश्य समेत देखाइएको थियो । सो अवसरमा दुवै नगर प्रमुखहरुले सम्बोधन गरेका थिए । 
सो अवसरमा नेपाली लोक गायक प्रेम राजा महतले नेपाली राष्ट्रिय गीत तथा लोक गीत गाउनु भएको थियो भने अमेरिकी गायिका लुरी रोज गृफित तथा गायक पिटर मिले ले अंग्रेजी गीत प्रस्तुत गरेका थिए । 
 
सो समारोहमा  फ्रेडरिक्सबर्गका नेपालीहरु तथा साहित्यकार गोबिन्द गिरि प्रेरणाको समेतको उपस्थिति रहेको थियो । फ्रेडरिक्सबर्ग शहरका सडकका किनाराहरुमा अमेरिकाका राष्ट्रिय झन्डा नेपालको राष्ट्रिय झन्डा तथा फ्रेडरिक्सबर्ग नगरको झन्डा फरफराएको दृश्य मनमोहक देखिन्थ्यो । 
 
फ्रेडरिक्सवर्ग नगरका नगर प्रमुख मेरी क्याथरिन ग्रीन दोश्रो पटक निर्वाचित भएकी हुन् । गत बर्ष नेपाल भर्जिनियाको फ्रेडरिक्सबर्ग नगरका नगर प्रमुख ग्रीनले को नेतृत्वमा १० सदस्यीय टोलि नेपाल पुगेको थियो भने काठमांडू महानगरपालिकाको ९ सदस्यीय टोलि अमेरिका आएको छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार २०:५० मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...