back
CTIZAN AD

कलाकार सिम्खडाको उपन्यास ‘वराङ्गना’ सार्वजनिक

वि.सं.२०७५ असोज ६ शनिवार

714 

shares

काठमाडौँ । कलाकार सोबिता सिम्खडाको पहिलो साहित्यिक कृति ‘वराङ्गना’ उपन्यास शुक्रबार सार्वजनिक भएको छ ।

पुस्तक विमोचन गर्नुहुँदै साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय साहित्यको क्षेत्रमा कलम चलाउने महिलाको सङ्ख्या वृद्धि भइरहेकाले एक दशकमै राम्रो उपलब्धि हासिल हुने विश्वास गरे ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार नवराज लम्सालले ‘वराङ्गना’ प्रेम जीवनमा आधारित समसामयिक कृति भएको बताएका थिए । ग्रामीण परिवेशमा बोलिने भाषामा लेखिएको पुस्तक सामाजिक यथार्थता चित्रण गर्न सफल रहेको उनको भनाइ थियो ।

अधिकांश लेखक अरूको विचारको भरिया हुने गरेकामा सिम्खडाले स्वतःस्फूर्त रूपमा बोलीचालीमा प्रयोग हुने शब्दको उपयोग उपन्यासमा गरेको लम्सालले सनाइन् ।

कार्यक्रममा पत्रकार बबिता बस्नेत, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी, राष्ट्रिय दलित आयोगका पूर्वसदस्य सचिव सीताराम घले परियार, लेखिका सिम्खडा लगायतले वर्तमान प्रेम जीवनलाई उपन्यासमा उतारिएको बताएका थिए ।

सिम्खडाले दुई दर्जन नेपाली चलचित्रमा नायिकाको भूमिका निर्वाह गरेको सो अवसरमा जानकारी गराइएको थियो ।

वि.सं.२०७५ असोज ६ शनिवार ०९:२९ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...