back
CTIZAN AD

राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

वि.सं.२०७५ असोज ७ आइतवार

570 

shares

७ असोज, नयाँदिल्ली । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गरेको छ । उनले राफेल विमानको मूल्य बढी वा कम भएको भन्ने बारेमा भारतीय महालेखा परीक्षकले जाँच गर्न सक्ने बताए ।

उनले विपक्षीहरुले लगाएको आरोपमाथि सत्यता नभएकाले खरिद सम्झौता रद्द नहुने बताए ।

फ्रान्सका पूर्वराष्ट्रपति फ्रान्कोइस ओलान्डेले राफेल लडाकू विमान खरिद सम्झौता गर्दा भारतीय रिलायन्स डिफेन्स कम्पनीलाई साझेदार बनाएको जानकारी सार्वजनिक गरेपछि राफेल विमान खरिदका सन्दर्भमा ठूलो भ्रष्टाचार भएको विपक्षी दलहरुले आरोप लगाएका छन ।

साथै राफेल विमान खरिदका लागि भारतीय कम्पनी छनौट गर्दा हिन्दूस्तान एरोनटिक्सलाई नदिएर रक्षासम्बन्धी अनुभव नै नभएका अनिल अम्बानीको रिलायन्स डिफेन्सलाई रातारात नयाँ कम्पनी खोल्न लगाएर भ्रष्टाचार र अनियमितता गरेको आरोप प्रमुख विपक्षी भारतीय कङ्ग्रेस पार्टीले लगाएको छ ।

एएनआईसँगको विशेष अन्तर्वार्तामा अर्थमन्त्री जेट्लीले भने, “राफेल सम्झौता सफा छ र यसलाई खारेज गर्ने कुनै सवाल नै छैन ।” उनले अहिले खरिद सम्झौता गरिएको राफेलको मूल्य कङ्ग्रेसको नेतृत्वको युपीए सरकारले गरेको सम्झौताभन्दा सस्तो रहेको पनि दाबी गरे ।

अर्थमन्त्री जेट्लीले विमान खरिद सम्झौतासम्बन्धी सम्पूर्ण तथ्य र प्रमाणहरु महालेखा परीक्षकलाई उपलब्ध गराइने जानकारी दिए ।

“सुरक्षाका कारण मूल्यलाई विस्तृत रुपमा सार्वजनिक गरिने छैन । मूल्यमा परिवर्तन अवश्य आउँछ, तर महालेखाले ९ देखि २० प्रतिशत सस्तो रहे नरहेको जाँच गर्नेछ । कङ्ग्रेसले पत्राचार गरेको छ । सत्य त अवश्य सार्वजनिक हुने नै छ,” अर्थमन्त्री जेट्लीले बताए । “सबै आङ्कडा महालेखाको सामुन्ने छ । कङ्ग्रेसले पनि महालेखालाई सोधिरहेको छ ।”

मुलुकको सुरक्षा र प्रतिरक्षाका लागि राफेल विमान आवश्यक भइसकेको उनले स्पष्ट गरे । उनले राफेलका कारण भारतीय वायूसेनाको लडाकू क्षमतामा पर्याप्त सुधार आउने विश्वास व्यक्त गरे । यो सरकार–सरकारबीच भएको सम्झौता हो ।

उनले आरोप मात्र लगाएर यो सरकारमाथि भ्रष्टाचार र अनियमितता प्रमाणित गर्न नसकिने बताए । भारतले फ्रान्सबाट ३६ वटा अत्याधुनिक राफेल लडाकू विमान गर्न लागेको छ ।

वि.सं.२०७५ असोज ७ आइतवार १३:५२ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...