back

विद्यालय जाने उमेरमा बदाम बेच्दै बालक

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

564 

shares
IME Limited
NTC AD

 ४ कात्तिक,गुलरिया (बर्दिया) । बर्दियाको सदरमुकाम गुलरियामा १० वर्षीय बालक विशाल राठौर स्कुल जान त पाएनन् नै बरु बदाम बेच्दै पेट पाल्न बाध्य छन् ।

मुस्लिम परिवारका राठौरका आमाबुबा भारत र नेपाल दुवैतिर बस्दै आएका र मजदुरी गरेर जीविकोपार्जन गरिरहेका कारण उनको जन्मदर्ता नहुँदा उनी स्कुल जानबाट वञ्चित भएका छन् । आमाबाबु पनि घर नभई डेरा गरी बस्ने र मजदूरी गर्ने कारण उनको पढाईको व्यवस्था हुन सकेको छैन ।

ती बालक विगत केही समयदेखि गुलरियाको मतङ्गामा रहेका र आमाबुबासँगै आफू पनि दिनभर बदाम बेच्ने गरिरहेका छन् । उनी आफूलाई पनि पढ्न रहर भएको तर पढ्न नपाएकोमा दुख लागेको बताउँछन् ।

उनकी आमा भने विशाल भारतमा मजदुरी गर्दा जन्मिएकाले जन्म दर्ता हुन नसकेको बताउँछिन् । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०४:४२ मा प्रकाशित

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...

मौसम परिवर्तनसँगै गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप

मौसम परिवर्तनसँगै गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप

तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा...

सडक सञ्जालमा जोडियो ढोरपाटन

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग)...

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग...