back
CTIZAN AD

चीनद्वारा सोलिहलाई बधाई

वि.सं.२०७५ असोज १० बुधवार

639 

shares

१० असोज, बेइजिङ ।  मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उनलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर बनाउने बताएको छ ।

निर्वाचनमा चीनको निकट मानिने अब्दुल्लाह यमीन भारी मतका साथ पराजीत भएका थिए ।

प्रमुख प्रतिपक्षी दलको गठबन्धनमा निर्वाचन लडेका सोलिहले यमीनमाथि अप्रत्यासित रूपमा विजय चुम्न सफल भएका थिए । यमीनको कार्यकालमा चीन–मालदिभ्सबीचको सम्बन्धमा निकटता देखिएको र सोही समय चीनले मालदिभ्सको भौतिक पूर्वाधार निर्माणमा ठूलो राशी ऋण लगानी दिएको थियो ।

यमीन सरकारलाई विमानस्थलदेखि राजधानी माले जोड्ने चाइना–मालदिभ्स फ्रेन्डसिप ब्रिज लगायतका आयोजना निर्माणका लागि दशौँ लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । पुल गत अगस्टदेखि सञ्चालनमा आएको छ ।

चीनले मालदिभ्सलाई दिएको ऋणले लामो समयदेखि माल्दिभ्सको पक्षमा सहयोग गर्दै आएका भारत तथा पश्चिमा मुलुकहरूलाई चिन्तित तुल्याएको थियो । पूर्व–पश्चिम व्यापार मार्गमार्फत टापूहरूको देश मालदिभ्समा चीनको प्रभाब बढ्न थालेपछि उनीहरूले मालदिभ्सप्रति सम्वेदनशील बनेका थिए ।

चीनका विदेश मन्त्रालयका गेङ सुवाङले भने, “हामीले माल्दिभ्ससँगको हाम्रो परम्परादेखिको मित्रतालाई थप बलियो बनाउन सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ साथै यसबाट दुबै देश र यहाँका जनताले लाभ लिने विश्वास चीनको छ ।”

सञ्चारकर्मीसँगको नियमित भेटघाटमा उनले भने,“चिनियाँ व्यवसायिक लगानी भित्राउने वातावरण मालदिभ्सले बनाउने सम्वन्धमा नीतिगत स्थायित्व कायम गर्नेमा चीन विश्वस्त छ ।”

यमीनले आफ्नो कार्यकाल यही नोभेम्बर १७ मा सकिने र त्यसपछि स्वभाविक तथा औपचारिक सत्ता हस्तान्तरण हुने बताए ।

वि.सं.२०७५ असोज १० बुधवार ०८:५३ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...