४ कात्तिक,भक्तपुर । विद्यालय पाठ्यक्रममा आधारित विद्यार्थी गुणीय चक्र ९एसक्युसी०को १२औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।
क्वेस्ट नेपालले सैनिक आवासीय महाविद्यालयमा यही कात्तिक ५ र ६ गते आयोजना गर्ने सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने क्वेस्ट नेपालका अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिनुभयो ।
सम्मेलनमा झापा, जनकपुर, बारा, रुपन्देही, पाल्पा, धनगढी, सुर्खेत, चितवन, काभ्रे, काठमाडौँ, भक्तपुर र ललितपुरका ५५ वटा विद्यालयबाट ७०० जना विद्यार्थी, २०० जना पर्यवेक्षक, शिक्षक, शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद् गरी एक हजार १०० जनाको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
क्वेष्ट नेपालका वरिष्ठ उपाध्यक्ष राजकुमार महर्जनले सहभागी विद्यार्थीले आपूmले समाधान गरेका मनोसामाजिक समस्या तथा अन्य समस्याका बारेमा घटना अध्ययनका अनुभव प्रस्तुत गर्ने जानकारी दिनुभयो । रासस
वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०८:०१ मा प्रकाशित