back
CTIZAN AD

मूपात्र जात्रा आजदेखि

वि.सं.२०७५ असोज ११ बिहीवार

735 

shares

११ असोज, भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परागत मूपात्र (राक्षसको प्रतिक) जात्रा आजदेखि शुरु हुँदैछ ।

नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ । मूपात्र राक्षसको प्रतीकको जात्रा भएकाले यस जात्रालाई राक्षस जात्रा पनि भनिन्छ ।

देवराज इन्द्रका छोरा जयन्तको कथासँग मिल्दोजुल्दो भएको मूपात्र जात्रा द्वापरयुगदेखि सञ्चालनमा आए तापनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण पद्यपुराणको कथा सङ्कलन त्यसका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मी बताउँछन ।

यस जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामक अन्य दुई जना सहायक राक्षससहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई शृङ्गारपटार गरी हातमा तरवार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रममा गराउने प्रचलन छ । मूपात्रलाई नगर परिक्रमा गराउने बेला भक्तपर नगरको टोलटोलमा ठड्याइराखेको यम्वो द्योः (इन्द्रपुत्र)लाई तीनपटक घुमेर तरवारले हान्ने गरिन्छ ।

त्यसैगरी आज तचपाल टोलका सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रममा गराइन्छ । साथै सकुलानका मानन्धरहरुको याँः मता (आकाशे बत्ती)का साथ विभिन्न बाजागाजाको पछाडि मूपात्रलाई राखी नगर परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन स्थानीय चोछें टोलको छुमा गणेशको मूर्तिसहितको खट दरबार स्क्वायरस्थित तलेजु भवानीप्रति भक्तिभाव अर्पण गरी सोही स्थानवाट यांमता (आकाशे बत्ती) बाली विभिन्न बाजागााजाका साथ नगर परिक्रमा गराई राती सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह)मा पु¥याइन्छ ।

जात्राको अन्तिम दिन आश्विन कृष्ण चौथीका दिन स्थानीय टोमढी टोलमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट ल्याइएको बलि सहितको सरकारी पूजा सम्पन्न गरी सकेपछि तल्लो टोलका मानन्धरले बुलुचास्थित ढुङ्गेधारा अगाडि दुई वटा यांमता बालेर आकाश भैरवको खटजात्रासँगै नगर परिक्रममा गरिन्छ ।

त्यसपछि भक्तपुरको स्थानीय लाकुलाछें टोलमा बनाइने पुलुकिसी ऐरावत हात्ती जात्रा टौमढीबाट भक्तपुर शरहको आधाभन्दा बढी स्थानमा पुगेपछि मात्र तेस्रो दिनमा मूपात्र जात्रा गरिन्छ ।

ऐतिहासिक देवीपुराण ग्रन्थमा उल्लेख भएअनुसार स्वर्गका देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो ।

पारिजात फूल खोज्दै जाने क्रममा दैत्यहरुको बगँैचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राख्ने हुनाले जयन्तलाई छुटाउन देवता राक्षसहरु बीचको सङ्ग्राममा देवताको जित भएपछि राक्षसलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएबमोजिम ग्रन्थको कथामा आधारित गरी यो जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तम लोचन श्रेष्ठ बताए ।

जात्रामा मूपात्रको भाग लिएबापत आजन्म जातपतिया तथा भातपानी नचल्ने दण्ड भोग्नुपर्ने मान्यता रहे पनि मूपात्र जात्रा आज पनि उत्तिकै हर्षाल्लासका साथ मनाइन्छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १२:४३ मा प्रकाशित

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...