back
CTIZAN AD

पेन्सनसम्बन्धी विवादास्पद विधेयक पारित

वि.सं.२०७५ असोज ११ बिहीवार

771 

shares

११ असोज, मस्को । रुसको संसद्अन्तर्गतको तल्लो सदनले पेन्सन पुनराबलोकनसम्बन्धी विवादास्पद विधेयक पारित गरेको छ ।

संसद्मा बुधबार भएको मतदानमा ३२६ जनाले विवादास्पद विधेयकको पक्षमा मतदान गरेका छन भने ५९ जनाले विपक्षमा मतदान गरेका थिए । एक जना भने अनुपस्थित थिए ।

राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी कर्मचारीले अवकाश पाउने उमेर बढाउने व्यवस्था गरिएको विधेयक संसदमा पेश गरेपछि विभिन्न क्षेत्रबाट विरोध हुँदाहँुदै पनि संसदले पारित गरेको हो ।

अवकाश पाउने उमेर यसअघि ६० वर्ष रहेकामा त्यसलाई बढाएर ६५ वर्ष पु¥याइएपछि राज्यले कर्मचारीलाई थप शोषण गर्न खोजेको भन्दै धेरैले विरोध गरेका थिए ।

कर्मचारीको हकहितमा कार्यरत विभिन्न सङ्घसंस्थाको अगुवाइमा केहीदिन देशव्यापी आन्दोलनसमेत भएको थियो । प्रदर्शनकारीले ‘हामी पेन्सनमा बाँच्न चाहन्छौं, काममा मर्न हैन’ भन्ने नारा लेखिएको ब्यानर बोकेका थिए ।

सरकारी पक्षले भने खस्किँदो कार्यक्षमतासँग लड्न सहयोग पुग्ने उद्देश्यसहित पेन्सनसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नु परेको तर्क गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार रुसी पुरुषको औसत आयु केबल ६६ वर्ष र महिलाको ७७ वर्ष रहेको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १२:२५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...