back

पेन्सनसम्बन्धी विवादास्पद विधेयक पारित

वि.सं.२०७५ असोज ११ बिहीवार

357 

shares
GLOBAL IME AD
NTC AD

११ असोज, मस्को । रुसको संसद्अन्तर्गतको तल्लो सदनले पेन्सन पुनराबलोकनसम्बन्धी विवादास्पद विधेयक पारित गरेको छ ।

संसद्मा बुधबार भएको मतदानमा ३२६ जनाले विवादास्पद विधेयकको पक्षमा मतदान गरेका छन भने ५९ जनाले विपक्षमा मतदान गरेका थिए । एक जना भने अनुपस्थित थिए ।

राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी कर्मचारीले अवकाश पाउने उमेर बढाउने व्यवस्था गरिएको विधेयक संसदमा पेश गरेपछि विभिन्न क्षेत्रबाट विरोध हुँदाहँुदै पनि संसदले पारित गरेको हो ।

अवकाश पाउने उमेर यसअघि ६० वर्ष रहेकामा त्यसलाई बढाएर ६५ वर्ष पु¥याइएपछि राज्यले कर्मचारीलाई थप शोषण गर्न खोजेको भन्दै धेरैले विरोध गरेका थिए ।

कर्मचारीको हकहितमा कार्यरत विभिन्न सङ्घसंस्थाको अगुवाइमा केहीदिन देशव्यापी आन्दोलनसमेत भएको थियो । प्रदर्शनकारीले ‘हामी पेन्सनमा बाँच्न चाहन्छौं, काममा मर्न हैन’ भन्ने नारा लेखिएको ब्यानर बोकेका थिए ।

सरकारी पक्षले भने खस्किँदो कार्यक्षमतासँग लड्न सहयोग पुग्ने उद्देश्यसहित पेन्सनसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नु परेको तर्क गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार रुसी पुरुषको औसत आयु केबल ६६ वर्ष र महिलाको ७७ वर्ष रहेको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १२:२५ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...