back
CTIZAN AD

हवाई कारबाहीमा बाह्रजना अफगान सर्वसाधारण मारिए

वि.सं.२०७५ असोज ११ बिहीवार

744 

shares

११ असोज, काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (युएनएएमए) ले जारी गरेको एक विज्ञप्तिमा गत आइतबार भएको यस हवाई कारबाहीमा मारिएका एक परिवारका महिला र बालबालिका रहेका छन ।

सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा रहेका तालिबान आतङ्ककारीविरुद्ध सो कारबाही गरेका थिए । यस हवाई कारबाहीमा ६ देखि १५ वर्षसम्मका दश जना बालबालिका पनि मारिएका र तीमध्ये पनि आठ जना बालिका रहेका पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

यो हवाई कारबाही नेटोआवद्ध संयुक्त सेनाले गरेको हो या अफागन वायुबलले भन्ने बारेमा भने हालसम्म प्रष्ट भएको छैन ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि छ महिनाभित्र भएका द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा १ हजार ६९० सर्वसाधारण मारिएका छन भने अन्य ३ हजार ४३० घाइते भएका युएनएएमएद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यसमध्ये १४९ सर्वसाधारण आतङ्ककारीलक्षित हवाई कारबाहीमा मारिएका छन । अन्य २०४ जना घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १२:१० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...