back

हवाई कारबाहीमा बाह्रजना अफगान सर्वसाधारण मारिए

वि.सं.२०७५ असोज ११ बिहीवार

312 

shares
GLOBAL IME AD
NTC AD

११ असोज, काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (युएनएएमए) ले जारी गरेको एक विज्ञप्तिमा गत आइतबार भएको यस हवाई कारबाहीमा मारिएका एक परिवारका महिला र बालबालिका रहेका छन ।

सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा रहेका तालिबान आतङ्ककारीविरुद्ध सो कारबाही गरेका थिए । यस हवाई कारबाहीमा ६ देखि १५ वर्षसम्मका दश जना बालबालिका पनि मारिएका र तीमध्ये पनि आठ जना बालिका रहेका पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

यो हवाई कारबाही नेटोआवद्ध संयुक्त सेनाले गरेको हो या अफागन वायुबलले भन्ने बारेमा भने हालसम्म प्रष्ट भएको छैन ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि छ महिनाभित्र भएका द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा १ हजार ६९० सर्वसाधारण मारिएका छन भने अन्य ३ हजार ४३० घाइते भएका युएनएएमएद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यसमध्ये १४९ सर्वसाधारण आतङ्ककारीलक्षित हवाई कारबाहीमा मारिएका छन । अन्य २०४ जना घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १२:१० मा प्रकाशित

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...