back
CTIZAN AD

बी-५२ को विवादित क्षेत्रमा उडान ‘उत्तेजना फैलाउने’ काम : चीन

वि.सं.२०७५ असोज १२ शुक्रवार

558 

shares

१२ असोज, बेइजिङ, चीन ।  अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ ।

दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर बढाई व्यापार युद्ध चलिरहेका समय अर्को विवादले प्रवेश पाएको छ ।

उडानका बिषयलाई लिएर अमेरिकी रक्षा केन्द्र पेन्टागनले बुधबार इस्ट चाइना सीमा भएको आफ्ना वमबर्षक विमानको उडान जापानसँगको संयुक्त अभ्यास भएको र यसको एक दिन पहिले अन्तर्राष्ट्रिय हवाई मार्गको प्रयोग गरी उडेको जनाएको छ ।

अमेरिकी सैनिक विमानद्वारा साउथ चाइना सीमा भएको उत्तेजना फैलाउने कार्यलाई लिएर चीनले सधैँ विरोध जनाउँदै आएको र यस विषयलाई सही समाधान दिन आवश्यक उपायलाई निरन्तरता दिइने छ, रक्षा मन्त्रालयका प्रवक्ता रेन ग्योकिआङले सञ्चारकर्मीसँगको भेटमा बताए ।

चीनले साउथ सी क्षेत्रमा रणनीतिक जलमार्गलाई आफ्नो दावी गर्दै टापूहरूको श्रृङ्खला तथा सामुद्रिक तटको निर्माण गरेको छ । जसलाई उसले सैनिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

ब्रुनई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् । साथै उक्त क्षेत्रलाई सन् २०१६ मा अन्तराष्ट्रिय सामुद्रिक न्यायाधिकरणका रूपमा घोषणा गरिएको थियो । तर चीनले यसमा कुनै कानूनी आधार नरहेको बताइदै आएको छ ।

“यो हप्ताका उडानहरू नियमित उडान हुन्,” पेन्टागनका प्रवक्ता लेफ्टिनन्ट कर्नेल डेभ इस्टबर्नले बताउनुभयो । अमेरिकाले चीनको उक्त क्षेत्रमाथिको दावीलाई अस्वीकार गर्दै अन्तराष्ट्रिय कानून अनुसार हुनेगरी सैनिक उडान जहाजलाई सञ्चालन गरिने बताएको छ ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:३१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...