back
CTIZAN AD

‘मृत्युपछि’

वि.सं.२०७५ असोज १२ शुक्रवार

585 

shares

 

फूलदै गरेको त्यो फूलको
रुख जसरि ढल्न लाग्दै गरेको छ
उसैगरि मेरो जीवन पनि ढल्दै छ
मात्र एक्काईस ग्रामको सासले
यो शरीरबाट छुट्कारा लिएर
माथि खुल्ला आकाशमा चारैतिर
भौतारिने छ ।
म र मन्दिर भित्रको ती मूर्ति
उस्तै रहने छौ,
सयौँले रोएर कराएर आफ्नो छाती
पिटेर मेरो मृत शरीरलाई
उठाउन खोज्ने छन्,
बोलाउन खोज्नेछन् ।
म उनीहरुको चित्कार सुनेर पनि
जवाफ दिने हैसियतमा रहदिन
अह : म उठ्न नै सक्दिन्
मेरा कानहरूले सुन्ने छन्
आँखाले टुलु–टुलु हेर्ने छन्
मुखमा ठूलो बुझो लागे जस्तै हुनेछ ।
जसरी बिहान सूर्य उदाउँदा
खुसीले मन प्रशन्न हुन्छ अनि
अस्ताउँदा दिक्दार महसूस गरिन्छ
बस, मेरो जीवन पनि त्यो सूर्य जस्तै
अस्ताउने छ, विलाउने छ ।
मलाई मायाले बोलाउने ती मेरा कयौ आफन्ती
मलाई ईज्जत दिएर आफ्नो ठान्ने ती छिमेकी
मेरो मृटु त होस भन्ने मेरा साथी
मेरो लासलाई मसानघाटमा लगेर
जलाउन उनीहरुलाई नै हतार हुनेछ ।
मलाई भेट्न हातमा फलफूल बोकेर आउनेहरू
नै मेरो लासलाई जलाउनको लागि
हातमा दाउरा बोकेर आउने छन् ।
जति बेला मेरा यी कानले सुन्थ्यो,आँखाले देख्थ्यो
त्यस बेला चुईक्क नबोल्नेहरू पनि
मेरो लासलाई हेरेर गुनगान गाउने छन्,
मेरो तारीफ गर्ने छन् जुन मैले सुन्ने छैन देख्ने छैन ।
म प्रति कसैलाई पनि अलिकति
दया, माया, प्रेम, स्नेह म प्रति अलिकति पनि
तिनको दिलभित्र रहने छैन ।
जल्दै गरेको मेरो शरीरलाई लामो
बासको लौरीले लगातार हिर्काईने छ ।
हिजोसम्म मलाई चिन्नेहरू मेरो शरीर
माटोमा विलाएसँगै
मलाई कसैले सम्झिने छैन, याद गर्ने छैन
विस्तारै भुल्दै जानेछन् विर्सदै जानेछन् ।

वि.सं.२०७५ असोज १२ शुक्रवार १२:१९ मा प्रकाशित

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...

कविता : अन्तिम पाना

कविता : अन्तिम पाना

भुवन शिवाकोटी चौघरे,काठमाडौँ लेख्दा लेख्दै मन छोयौ मनभित्र झन भित्र...

कविता : आलिङ्गनको आलोक

कविता : आलिङ्गनको आलोक

शशीश्री आचार्य बौद्ध, कुमारीगाल -काठमाडौं साँझको सुनौलो आवरण ओढेर जब...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु, तनहुँ हाल चन्द्रागिरी , मातातीर्थ १. जनताको...