back

राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ–उपनेता गच्छदार

वि.सं.२०७५ असोज १३ शनिवार

321 

shares
GLOBAL IME AD
NTC AD

१३ असोज, विराटनगर । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गरेका छन् ।

नेता गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने उल्लेख गर्दै वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्ने बताए ।

देशमा हत्या, हिंसा र बलात्कारका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गर्दै उनले गृह प्रशासनले जनताको सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

एक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा प्रवेश भैसकेकाले नेपाली काङ्गेसले त्यसको निर्णय पर्खिरहेको धारणा व्यक्त गरे ।

अर्को फरक प्रसङ्गमा उनले नेपाली काङ्ग्रेस र नेपाल लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी सङ्गठनबाट शुरुवात भएको बताउँदै आगामी दर्शै अगाडि दुबै पार्टीबीचको सहमतिअनुसार कार्य सम्पन्न हुने दाबी गरे ।

वि.सं.२०७५ असोज १३ शनिवार १४:१४ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...