back

तनहुँका १० हजार बढी घरपरिवारले गरे स्वास्थ्य विमा

वि.सं.२०७५ असोज १४ आइतवार

363 

shares
GLOBAL IME AD
NTC AD

१४ असोज, दमौली ।  ९ सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तनहुँका १० हजार २९६ परिवारका ४२ हजार १३० जनाको बिमा गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन भएको सो कार्यक्रमअन्तर्गत उनीहरुको स्वास्थ्य बिमा गरिएको बीमा अधिकृत नवराज भट्टराईले जानकारी दिए । बाइस हजार ७७९ महिला र १९ हजार ३५१ पुरुषको बिमा गरिएको हो ।

“एघार हजार ८२० जनाले मात्र सेवा उपभोग गरेका छन्,” उनले भने । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा दुई हजार ४९९ घरपरिवारका १० हजार ६६० जनाको स्वास्थ्य बिमा गरिएको छ । सबैभन्दा कम ऋषिङ गाउँपालिकाका तीन सय तीन परिवारका एक हजार सय २३ जनाले बिमा गरेका छन् । ब्यास नगरपालिकाका एक हजार ८१२ परिवारका सात हजार १८८, भिमाद नगरपालिकाका एक हजार ९७१ परिवारका सात हजार ५२५, आँबुखैरेनी गाउँपालिकाका ४५४ घरपरिवारका एक हजार ८९४, बन्दीपुरका ५२६ घरका दुई हजार १३१, भानुका ८०२ परिवारका दुई हजार ८९८, देवघाटको ५९२ परिवारका दुई हजार ६९८, घिरिङ गाउँपालिकाका ४१७ परिवारका एक हजार ८७२ तथा म्याग्देका ६२४ परिवारका दुई हजार ६६२ सदस्यले स्वास्थ्य बिमा गराएको कार्यालयले जनाएको छ ।

“जिल्लाभर बिमा दर्ताका लागि ९८ अभिकर्ता खटाएका छौँ,” अधिकृत भट्टराईले भन्नुभयो । जिल्लामा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रबाट स्वास्थ्य बीमा सेवा लिन सकिन्छ ।

वि.सं.२०७५ असोज १४ आइतवार १६:२९ मा प्रकाशित

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

देवीदह संरक्षण गर्न आर्थिक अभाव

देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा । सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप...

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र...

अम्रिसोबाट आम्दानी लिँदै किसान

अम्रिसोबाट आम्दानी लिँदै किसान

गलेश्वर (म्याग्दी) । यहाँको मङ्गला गाउँपालिका–५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी...