back
CTIZAN AD

तनहुँका १० हजार बढी घरपरिवारले गरे स्वास्थ्य विमा

वि.सं.२०७५ असोज १४ आइतवार

714 

shares

१४ असोज, दमौली ।  ९ सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तनहुँका १० हजार २९६ परिवारका ४२ हजार १३० जनाको बिमा गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन भएको सो कार्यक्रमअन्तर्गत उनीहरुको स्वास्थ्य बिमा गरिएको बीमा अधिकृत नवराज भट्टराईले जानकारी दिए । बाइस हजार ७७९ महिला र १९ हजार ३५१ पुरुषको बिमा गरिएको हो ।

“एघार हजार ८२० जनाले मात्र सेवा उपभोग गरेका छन्,” उनले भने । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा दुई हजार ४९९ घरपरिवारका १० हजार ६६० जनाको स्वास्थ्य बिमा गरिएको छ । सबैभन्दा कम ऋषिङ गाउँपालिकाका तीन सय तीन परिवारका एक हजार सय २३ जनाले बिमा गरेका छन् । ब्यास नगरपालिकाका एक हजार ८१२ परिवारका सात हजार १८८, भिमाद नगरपालिकाका एक हजार ९७१ परिवारका सात हजार ५२५, आँबुखैरेनी गाउँपालिकाका ४५४ घरपरिवारका एक हजार ८९४, बन्दीपुरका ५२६ घरका दुई हजार १३१, भानुका ८०२ परिवारका दुई हजार ८९८, देवघाटको ५९२ परिवारका दुई हजार ६९८, घिरिङ गाउँपालिकाका ४१७ परिवारका एक हजार ८७२ तथा म्याग्देका ६२४ परिवारका दुई हजार ६६२ सदस्यले स्वास्थ्य बिमा गराएको कार्यालयले जनाएको छ ।

“जिल्लाभर बिमा दर्ताका लागि ९८ अभिकर्ता खटाएका छौँ,” अधिकृत भट्टराईले भन्नुभयो । जिल्लामा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रबाट स्वास्थ्य बीमा सेवा लिन सकिन्छ ।

वि.सं.२०७५ असोज १४ आइतवार १६:२९ मा प्रकाशित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...