back
CTIZAN AD

द्रुतमार्गमा काटिएका २० हजार काठका गोलिया कुहिँदै

वि.सं.२०७५ असोज १६ मंगलवार

558 

shares

१६ असोज, काठमाडौं । बर्खाअघि काठमाडौं–तराई–मधेश द्रुतमार्गमा काटिएका २० हजार गोलिया कुहिन थालेका छन् । राजधानीलगायत देशको मुख्य भागमा काठ अभाव भइरहेको बेला द्रुतमार्गमा कटान गरिएका रुखको सहि व्यवस्थापन हुन नसक्दा ती काठहरु कुहिन थालेको आजको नागरिक दैनिकमा समाचार छ ।
त्यस्तै यतिखेर देशभरीका भूकम्पपीडितका घर बनाउन काठको अभाव भइरहेको छ । कतिपय पीडितले काठ नपाएर घर बनाउन पाएका छैनन् । नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्गमा गत माघदेखि रुख कटान गर्न थालिएको हो ।
कटान गरिएका रुख सामुदायिक र राष्ट्रिय बनका हुन् । सेनाले कटान गरेका ती गोलिया बारा, मकवानपुर र ललितपुर डिभीजन कार्यालय (पहिलेका जिल्ला वन कार्यालय) र सम्बन्धित सामुदायिक वनलाई नै हस्तान्तरण गरिसेको जनाएको छ । तर, ती जिल्लामा डिभीजन र सामुदायिक वनले काठ बिक्री गर्न सकेका छैनन् ।

वि.सं.२०७५ असोज १६ मंगलवार ०७:४८ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...