back

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

वि.सं.२०७५ असोज १६ मंगलवार

279 

shares
GLOBAL IME AD
NTC AD

१६ असोज, वासिङ्टन । एएफपी क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्न सहमति भएको छ ।

दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा अब नयाँ सम्झौताको नाम संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्झौता रद्द गर्ने पटकपटक चेतावनी दिँदै आएका थिए ।

हाल प्रतिस्थापित सम्झौताबाट बढी स्वतन्त्र बजारलाई बढावा दिने, स्वच्छ व्यापार हुने तथा क्षेत्रमै बलियो आर्थिक वृद्धि हुने संयुक्त वक्तव्यमा अपेक्षा गरिएको छ । उक्त संयुक्त वक्तव्य अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले जारी गरेको हो ।

एक वर्षभन्दा बढी समयदेखि चलेको वार्ता तथा छ सातादेखिको तिब्र छलफल पश्चात अमेरिका र क्यानडाबीचको आपसी मतान्तर सुल्झाउन सहमति भएको हो । यो नयाँ सम्झौताबाट यस क्षेत्रमा बसोबास गर्ने करिब ५० करोड जनतालाई फाइदा पुग्ने तथा प्रतिवर्ष करिब १० खर्ब अमेरिकी डलरको व्यापार हुनेछ ।

क्यानडाले आफ्नो दूग्धजन्य बजार अमेरिकाका लागि थप खुला गर्नेछ, तर क्यानडाले माग गरिरहेको विवाद निरुपण प्रावधानलाई अमेरिकाले परिवर्तन गर्ने छैन ।

यो सहमतिसँगै मेक्सिकोका राष्ट्रपति एन्रीक पीना नीटोको कार्यकाल आगामी डिसेम्बर १ तारिखमा सकिनु अगाबै सम्झौतामा हस्ताक्षर हुने वातावरण तयार भएको छ ।

अमेरिकी कानुन मुताबिक यो सम्झौताको कागजातमा हस्ताक्षर हुनु ६० दिन अघि अमेरिकी कङ्ग्रेसमा प्रस्तुत गर्नुपर्दछ ।

संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच नाफ्टालाई नयाँ स्वरुपमा अगाडि बढाउने विषयमा गत अगस्टमै सहमति भइसकेको छ । त्यसयता क्यानडाका व्यापार मध्यस्थकर्ता लगातार अमेरिकाको वासिङ्टनमा रहेर विवादित विषयमा छलफल गरिरहेका छन् ।

ट्रम्पले क्यानाडाली अधिकारीको व्यवहारका बारेमा निरन्तर असन्तोष प्रकट गरिरहनुभएको छ, र पछिल्लोपटक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भेट्न समेत राष्ट्रपति ट्रम्पले अस्वीकार गर्नुभएको थियो । तर क्यानडाका अधिकारीले दुई नेताबीच भेटघाटको कुनै कार्यक्रम नै नरहेको भन्दै बचाउमा वक्तव्य दिएका थिए ।

अमेरिकी प्रशासनका एक उच्च अधिकारीले पछिल्लो पुनर्लेखन अत्यन्त सकारात्मक रहेको बताउँदै यो सम्झौता संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानडा तीनै देशका लागि जित भएको जानकारी दिए ।

यो नयाँ सम्झौतामा कामदारको पक्षमा बलियो संरक्षण रहेको, वातावरणीय नियम कडा बनाइएको, तथा डिजीटल अर्थतन्त्रलाई पनि यसपटक समावेश गरिएको छ । साथै, बौद्धिक सम्पत्तिको संरक्षणमा बलियो आधार तयार पारिएको छ ।

यसबाहेक, व्यापार कानुनको कार्यान्वयनमा बदमासी गर्न नपाइने प्रावधान राखिएको तथा ड्यूटी–फ्री बजारको फाइदा लिनबाट अरु मुलुकलाई नियन्त्रण गर्ने प्रयास यसपटक गरिएको छ, अमेरिकी अधिकारीको भनाइ छ ।

नयाँ सम्झौताले कारमाथि लगाइने भनिएको २५ प्रतिशत कर मेक्सिको र क्यानडाका हकमा लागू नहुने व्यवस्था गरेको छ, तर स्टील र आलुमिनियममा वृद्धि गरिएको करका विषयमा भने अलग्गै वार्ता हुने बताइएको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार ०८:३५ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...