back
CTIZAN AD

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपी पठन शुरु हुँदै

वि.सं.२०७५ असोज १६ मंगलवार

807 

shares

१६ असोज, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी)को पठनपाठन शुरु गर्ने तयारी गरेको छ ।

सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन शुरु गर्न नेपाल मेडिकल काउन्सिलले अनुमति दिन मात्र बाँकी रहेको बताए । प्रतिष्ठानले यसअघि नर्सिङ विषयको स्नातक तहको प्रसूति (मिडवाइफ) सम्बन्धी अध्यापन शुरु गरिसकेको छ । सो विषयको अध्यापनअध्यापन हुनेमा सो प्रतिष्ठान तेस्रो रहेको छ । त्रिविवि चिकित्सा अध्ययन संस्थान र काठमाडौँ विश्वविद्यालयमा पनि सो तहको अध्ययनअध्यापन हुन्छ । “सो विषयको पठनपाठनले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, मुगु, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र कालीकोट जिल्लाको स्वास्थ्य स्थितिलाई सुधार गर्न अहम भूमिका निर्वाह गर्छ”, प्रशासकीय अधिकृत भण्डारीले भने ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको २०७५ वैशाख १ गते सम्पन्न सिनेट बैठकले प्रतिष्ठानमा चिकित्सा विज्ञानको स्नातक तह (एमबिबीएस), एमडीजिपीलगायत शैक्षिक कार्यक्रम शुरुआत गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले एमबिबीएस तहको अध्ययनअध्यापन गर्न गृहकार्य गरिसकेको उनले जानकारी दिए ।

सरकार र प्रा डा गोविन्द केसीका बीचमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस तहको अध्ययनअध्यापन शुरु गर्ने विषयमा पनि सहमति भएको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटाले प्रतिष्ठानमा एमडीजिपीको अध्यापन अनुमति दिन काउन्सिलको विज्ञ टोलीले स्थलगत अध्ययन पूरा गरी प्रतिवेदनको तयारीकाक्रममा रहेको जानकारी दिए । उनले भने, “एमबिबीएस तहको अध्ययनअध्यापनका लागि ३०० श्ययाको अस्पताल र ६२ वटा विधागत सङ्काय चाहिन्छ । प्रतिष्ठानमा छ कि छैन रु भावनामा चिकित्सा शिक्षाको पढाइ हुने होइन ।” प्रतिष्ठानलाई कर्णाली प्रदेशको चिकित्सा स्वास्थ्य र शिक्षाका लागि नमूना प्रतिष्ठान बनाउन जुटेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेले जानकारी दिए ।

वि.सं.२०७५ असोज १६ मंगलवार १६:०८ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...