back
CTIZAN AD

सुस्तावासीद्धारा सभामुखको ध्यानाकर्षण

वि.सं.२०७५ असोज १६ मंगलवार

684 

shares

१५ असोज, काठमाडौं । प्रदेश नं ४ अन्तर्गत नवलपुरको सुस्तावासीहरुले सभामुख कृष्ण बहादुर महराको ध्यानाकर्षण गराएका छन् ।

सभामुखको कार्यालय सिंहदरबारमा पुगेर सुस्तावासीले सभामुख महरालाई सोधे, ‘हाम्रो समस्याको हल गर्ने निकाय कुन हो ?’ भारतीय विस्तारवादी नीतिलाई सच्याउन अनुरोध गर्ने निकाय आफूहरुले नचिनेको कारण सो काममा सहयोग गर्न सभामुख समक्ष आएको उनीहरुले प्रष्ट्याए ।

बोर्डरमा सिमांकन गरी जंगे पिलर स्तम्भ कायम गरी पाउन सर्वेक्षण टोली पठाइनुपर्ने, सो भु–भागको नाप नक्सा गरी जग्गा धनीलाई पुर्जा दिइनुपर्ने, नेपाली सुरक्षा निकाय र कर्मचारीको बसोबासका लागि भवन बनाइनुपर्ने, सो क्षेत्रका जनताको स्वास्थ्य, शिक्षामा सरकार गम्भीर हुनुपर्ने, सुस्ता आन्दोलनमा सहिद भएका स्वर्गीय रामचन्द्र चमारलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिइनुपर्ने, सुस्ताका २८५ धरधुरीलाई सौर्य उर्जाको व्यवस्थापन गरिनुपर्ने । एसएसवी लगायत भारतीय पक्षको ज्यादति बन्द गराइनुपर्ने, संचारका लागि टेलिफोन टावर राखिनुपर्ने, तटबन्धनका लागि बजेट विनियोजन गर्नुपर्ने र सुस्तामा वर्षौदेखिको भारतीय अतिक्रमण बन्द गराइनु पर्ने लगायतका बुँदासहित सभामुखलाई मागपत्र हस्तान्तरण गरेका छन् ।


सुस्ता बचाउ अभियान नेपालका अध्यक्ष गोपाल गुरुङ, अध्यक्ष आदम खाँ, जयप्रकाश चौधरी र रविन्द्र जैसवाल लगायतका अभियन्ता, सीमा तथा जलसरोकारका संयोजक किशन शर्मा र सदस्य लोक प्रसाद भुर्तेल, निलकण्ठ तिवारी तथा प्रदेश ४ का सभासद दिनेश पन्थीलगायतको उपस्थिति थियो ।
मागपत्र बुझ्दै सभामुख महराले सुस्तावासीको समस्या बारे संसदले सकेसम्म सम्बन्धित निकायको जवाफदेहिता माग्ने बताएका थिए ।


यसैबीच सुस्ता बचाउ अभियानको सो टोलीले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, बनमन्त्री शक्ति बहादुर बस्नेत, वाणिज्य मन्त्री मातृका यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, पर्यटन, नागरिक तथा उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई समेत भेटेर आफ्ना मागपत्र बुझाएको छ ।

स्मरण रहोस् २०६२ असोज अंकमा ऐक्यबद्धताले सुस्ता विशेषांक प्रकाशन गर्दै केही विदेशी  पत्रकारहरु मार्फत् सुस्ता समस्याको अन्तराष्ट्रियकरण गरेको थियो ।

वि.सं.२०७५ असोज १६ मंगलवार १७:३६ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...