back

आइएमई प्रिभिलेज कार्डका सेवाग्राहीहरूलाई एन्टीक फेसन स्टोरमा ३० प्रतिशत छुट

वि.सं.२०७५ असोज १६ मंगलवार

324 

shares
GLOBAL IME AD
NTC AD

१६ काठमाडौं, असोज । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेसन स्टोरवीच गत बिहीवार सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले एन्टीक फेसन स्टोरबाट समान खरिद गर्दा तीस (३०) प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट मार्केटिङ्ग तथा सेल्स अधिकृत अजय थापा र एन्टीक फेसन स्टोरको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख संजीव प्रजापतिले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ साल असोज १० गतेदेखि एक वर्षसम्मका लागि लागु हुने जनाइएको छ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १७:३५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर...

समितिद्वारा तरकारी र फलफूलको थोक मूल्य निर्धारण

समितिद्वारा तरकारी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

मालपोत कार्यालयद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

मालपोत कार्यालयद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

भद्रपुर (झापा) । यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक...

तोलामा तेइस सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

तोलामा तेइस सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज...