back
CTIZAN AD

सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला, बार्षिक १० लाख आम्दानी

वि.सं.२०७५ असोज १६ मंगलवार

801 

shares

 

१६ असोज, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् ।

शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताइन् । “केही वर्षपछि भने संस्थामा आबद्ध १४ महिलाको सक्रियता र समूहमा सङ्कलन गरिएको केही रकमबाट एक कट्ठा जग्गा किन्न सफल भयौँ, आफैँ लगानी र श्रमदान गरेर, समूहका लागि पक्की घर बनायौँ र सोही घरमा अहिले च्याउखेती गरेका छौँ ।”उनले भनिन् ।

विसं २०६५ मा कृषि विकास कार्यालयले महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको च्याउखेती सम्बन्धी तालीम पाएलगत्तै गाउँका दिदीबहिनी भेला भई पहिलो वर्ष पाँच हजारको लगानीमा सो खेती शुरु गरिएको उनले जानकारी दिइन् ।

त्यस बेलामा वर्षमा रु ३० देखि रु ४० हजार सङ्कलन गरिएकामा विस्तारै व्यवसाय बढाउँदै प्रतिव्यक्ति रु एक लाखसम्म जम्मा हुन थालेपछि संस्थाका लागि जग्गा किन्नाका साथै अहिले उनीहरूले वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी गरिरहेका छन् ।

व्यवसायलाई विस्तार गर्न लघुउद्यम कार्यालयले पनि च्याउखेतीका लागि आवश्यक बीउ, कृषि औजार दिँदै आएको छ । अहिले सो समूहबाट दैनिक ८० देखि ९० केजी च्याउ उत्पादन हुने गरेको र त्यो च्याउ लिन उत्पादन गर्ने ठाउँमै ग्राहक आउने संस्थाकी सदस्य अनिता चौधरीले जानकारी दिइन् ।

छिट्टै आम्दानी लिन पनि सकिने र मेहनत पनि त्यति नलाग्ने भएकाले सबैले आफ्ना घर–घरमा पनि च्याउखेती गरेको उनको भनाइ थियो । घरमा गरिएको च्याउ खेतीबाट मात्रै वार्षिक रु एक लाख पचास हजारसम्म आम्दानी लिन उनीहरू सफल छन् ।

 

वि.सं.२०७५ असोज १६ मंगलवार १८:३० मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...