back
CTIZAN AD

अविवाहित सुत्केरी, न भोक न निद्रा, टहराको बास

वि.सं.२०७५ असोज १७ बुधवार

711 

shares

१७ असोज, काठमाडौं । डेढमहिने शिशु च्यापेर एउटा सुत्केरीलाई टहरामा गुजारा गर्न कति सकस होला ? बिहान, दिउसो, बेलुकी पौष्टिक आहार त परको कुरा, उनले दुई छाक हातमुख जोर्न पनि अभिभावकको रुखो बचन सहनु परेको छ ।

सुत्केरी आमाले त जसोतसो पुराना कपडा फेरफार गर्र्दै आएकी छन् तर, शिशुको लागि स्वास्थ्य चौकिले दिएको न्यानो झोला बाहेक अन्य कपडा छैन । गोरखा नगरपालिका ४ की २० वर्षीया सिर्जना आले विगत डेढ महिनादेखि कष्टपूर्ण जीवन बिताउन बाध्य भएको आजको नागरिक दैनिकमा समाचार छ ।

सिर्जना अविवाहित हुन् । साउन २४ गते सुत्केरी भएकी उनलाई स्वास्थ्य संस्थामा कसैले लगिदिएन । परिवारका सदस्यले छि.छि र दुर दुर गरिरहन्छन् । रुखो बचन नलगाई खाना दिदैंनन् । ‘आजै गइ हाल, भोलि नै गईहाल् भन्छन,’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘ म घरमा बस्छे भनेर अहिलेसम्म भूकम्पपछि बनाएको नयाँ घर छाएका पनि छैनन् । मैले छाडेर गएपछि छाउने भनेका छन् ।’ उनी घरकी कान्छी छोरी हुन् ।
कम बोल्ने र कम सुन्ने उनी भीमसेन थापा गाउँपालिका बगुवाका युवकसँग प्रेम सम्बन्ध रहेको बताउँछिन् । गत वर्ष असोजमा उनी ती युवकसँग गएकी थिइन् ।

युवकले आफ्नो दाजुको घरमा राखेका थिए । पेटमा बच्चा भएको थाहा पाएपछि युवक सम्पर्कमा नरहेको उनले बताइन् । उनको भनाइ अनुसार ती युवक गाडीका सहचाल थिए । अहिले उनी न त आफू ती युवकलाई खोज्न जान सक्छिन् नत परिवारले नै सघाउछ ।

वि.सं.२०७५ असोज १७ बुधवार ०६:१५ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...