back

कतार जाने कामदारको सबै सम्झौता अब नेपालमै हुने

वि.सं.२०७५ असोज १७ बुधवार

303 

shares
GLOBAL IME AD
NTC AD

१७ असोज, काठमाडौं । नेपाली कामदारले कतार पुगेपछि गनुपर्ने स्वास्थ्य परीक्षण र रोजगारीको सम्झौता अब काठमाडौमा नै हुने भएको छ । कतार सरकारले काठमाडौंमै श्रम, गृह र स्वास्थ्य मन्त्रालयका संयन्त्र राखी सेवा दिन लागेको हो ।

यो व्यवस्था सँगै अब कतार पुगेपछि करारपत्र बदलिने समस्या हट्नेछ । रोजगारदातासँगको करारपत्रमा कामदारले काठमाडौंमै हस्ताक्षर गर्न पाउने पनि आजको कान्तिपुर दैनिकमा समाचार छ ।

कतारले आउदो नोभेम्बरदेखि काठमाडौंमा भिसा सेन्टर खोल्ने र त्यसका लागि दैनिक ३ सय कामदारलाई सेवा दिन मिल्ने गरी महाराजगन्जमा भवन समेत लिइसकेको कतारका लागि नेपाली राजदूत कमल कोइरालाले जानकारी दिए ।

‘यो सेन्टरले काम सुरु गरेपछि नेपाली कामदारको करारपत्र परिवर्तन हुँदैन् । उनले भने । त्यसपछि रोजगारदाता कम्पनी सरकारले लागू गरेको न्यूनतम तलब कार्यान्वयन गर्न बाध्य हुनेछन् । यसअघिसम्म सन् २०१३ मा नेपालले तोकेको १२ सय रियाल दिन सबै रोजगारदाता बाध्य थिएनन् ।

वि.सं.२०७५ असोज १७ बुधवार ०७:३८ मा प्रकाशित

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा...

वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो

वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा...

झाडी फाडेर डेढ करोड लगानीमा कागतीखेती

झाडी फाडेर डेढ करोड लगानीमा कागतीखेती

बागलुङ (ढोरपाटन) । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...