back
CTIZAN AD

आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी

वि.सं.२०७५ असोज १७ बुधवार

786 

shares

१७ असोज, काठमाडौं । नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलबार २ सय ९५ केजी गाँजा बरामद भएको छ । नेपालमा तेल खन्याएर भारततर्फ फर्किदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
व्युरोले मकवानपुरको मनहरि ७ रमनटारमा गुडिरहेको ट्यांकर नियनत्रणमा लिएको छ । तस्करीमा संलग्न रहेको अभियोगमा ट्यांकर चालक बारा जितपुर सिमनामा ३८ वर्षीय प्रल्हाद ठकुरी पक्राउ परेका छन् ।
ब्युरोका एसएसपी विश्वराज पोखरेलले इन्धन बोक्ने ट्यांकरमा लागुऔषध तस्करी हुनु देशकै लज्जाको विषय भएको बताए । उनले भने, ‘लागुऔषध तस्करले तस्करीका लागि अनेक उपाय लगाउँछन् । तर, पछिल्लोपटक इन्धन बोक्ने ट्यांकर नै प्रयोग गरेको पाइयो । यसो हुनु लज्जाको विषय हो । यस विषयमा गम्भीर अनुसन्धान हुन आवस्यक छ । प्रहरी यसैमा केन्द्रित छ ।’ तस्करले ट्यांकरको तीनवटा खोपामध्ये एउटामा गाँजाको चाङ लगाएर तस्करी गरेको प्रहरीले बतायो ।

वि.सं.२०७५ असोज १७ बुधवार ०७:२७ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...