१७ असोज, काठमाडौं । समाजलाई नै अस्तव्यस्त बनाउने गरी पछिल्लो समयय सम्बन्ध बिच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध बिच्छेद फेसन र विकृतिकै रुप जस्तो बन्न पुगेको छ ।
सम्बन्ध बिच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध बिच्छेदलाई रोज्दा आगामि दिनमा त्यसले समाजलाई कहाँ पु¥याउँला ? सोचनिय विषय बन्दै गएको छ ।
कतिपय साच्चै अन्याय सहन नसकेर सम्बन्ध बिच्छेद सम्म पुगे पनि धेरैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको नाममा सामान्य विषयमा पनि श्रीमान–श्रीमतीबीच समन्वय , सहकार्य समझदारी र आपसी विश्वास गर्न नसकेर विकृतिकै रुपमा सम्बन्ध बिच्छेद अपनाइ रहेको पनि आजको राजधानी दैनिकमा समाचार छ ।
काठमाडौं जिल्ला अदालतमा गत ३१ साउनमा एकैदिन २९ वटा मुद्दा पेसी चढेका थिए । अघिल्ला वर्षभरीमा कुनै महिनाभरी सो संख्यामा पेसी चढ्ने गरेका थिए । ३० साउनमा २१ वटा र २९ मा १९ वटा सम्बन्ध बिच्छेदका पेसी चढेको पाइएको छ ।
वि.सं.२०७५ असोज १७ बुधवार ०७:०८ मा प्रकाशित