back
CTIZAN AD

जहाँज किनेर पाईलट खोज्ने परिपाटीको अन्त्य गर्न नीजि क्षेत्रको सरकारलाई सुझाव

वि.सं.२०७५ असोज १७ बुधवार

951 

shares

१७ भदौ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न भारत र चीनका पर्यटकलाई आकर्षण गर्नुपर्ने बताएका छन् ।
‘नेपाल भ्रमण वर्ष २०२०’ का सन्दर्भमा नेपाल उद्योग वाणिज्य सङ्घले आज राजधानीमा आयोजना गरेको छलफलमा उनले नेपाल आउने पर्यटकको ठुलो हिस्सा भारत र चीनमा केन्द्रित रहेको बताउदै छिमेकी मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन विशेष जोड दिनु पर्ने बताए ।

मूलुकको पर्यटन प्रवद्र्धनका निम्ति दीर्घकालीन योजनाका साथ वर्तमान सरकार कार्यक्षेत्रमा जुटेको समेत दाबी गरे । नेपालको दिगो विकासको आधार पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रसँगको सहकार्यमा प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो। उनले परिणाम देखिने गरी काम गर्न सम्बद्ध सबैलाई आग्रहसमेत गरे।

महासङ्घका पदाधिकारी तथा पर्यटन व्यवसायीले पर्यटकको संख्या बढाउन हवाईजहाज किनेर विमान चालकको खोजी गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा गम्भीर भएर लाग्नुपर्ने, नेपाललाई खरिदबिक्रिको गन्तव्यका रुपमा विकास गर्नैपर्ने, खरिदकर्ता पर्यटकलाई करछुटजस्ता आकर्षक सुविधा दिनुपर्ने सुझाव दिएका थिए ।

गत वर्ष ९ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। यस वर्ष १२ लाख पर्यटक आउने अनुमान गरिएको छ । अघिल्लो वर्ष चीनबाट १ लाख ४ हजार ६ सय ६४ जना र भारतबाट १ लाख ६० हजार ८ सय ३२ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

वि.सं.२०७५ असोज १७ बुधवार ०८:१३ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...