back
CTIZAN AD

ईसेवा पेले ल्यायो दशैं धमाका उपहार योजना, यसरी सहभागी हुनुहोस

वि.सं.२०७५ असोज १७ बुधवार

741 

shares

 

१७ असोज, काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पेले दशैंलाई लक्षित गर्दै ‘दशैँ धमाका’उपहार योजना ल्याएको छ ।

असोज २८ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जनाभन्दा बढीले पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ। इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागि सस्तो टिकट मार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । कम्पनीका अनुसार प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रातदुई दिनको प्याकेज प्राप्तगर्न सक्नेछन् ।

द्धितिय पुरस्कारमादुई जनाले इसेवापसलमारू १० हजार बराबरको सपिङ भौचर तथा तृतिय पुरस्कारमा तीनजनाले टाइटनको घडी जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१ रूपैयाँका दरले इसेवामा ब्यालेन्स्, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट,५ जनालाई २४ सय बराबरको मिडास इक्लास,५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई ५ सय रुपैयाँ बराबरको फुड कुपन पाउने कम्पनीले जनाएको छ।

यी पुरस्कार हरेक ३÷३ दिनमा ५६ जनाका दरले वितरण गरिने र पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरिएको कम्पनीले जनाएको छ। यो योजना अनुसार कुनैपनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मागरि आर्कषक उपहार जित्ने कम्पनीले जनायो। इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट सय रुपैयाँ वा सो भन्दा बढि रकमलोड गर्ने उपभोक्ता सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

वि.सं.२०७५ असोज १७ बुधवार ०८:१९ मा प्रकाशित

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...