back
CTIZAN AD

अस्ट्रेलियामा गोपाल थपलिया प्रतिष्ठान गठन

वि.सं.२०७५ असोज १७ बुधवार

648 

shares

सानु घिमिरे

अष्ट्रेलियाको भिक्टोरियामा  नेपालमा गठित गोपाल थपलिया प्रतिष्ठानको शाखाको रुपमा तदर्थ समिति गठन गरिएको छ ।

वरिष्ठ पत्रकार गोपालप्रशाद थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अबैतनिक महाबाणिज्यदूतको कार्यालयमा यही २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत रुपमा अगाडि बढाउने गरी भिक्टोरियामा रामकुमार श्रेष्ठको संयोजकत्वमा प्रतिष्ठानको तदर्थसमिति गठन गरिएको हो । अष्ट्रेलियाको हरेक राज्यमा गठन गर्ने अभिप्राय अनुरुप भिक्टोरीया राज्यबाट यस्को शुरुवात गरिएको छ ।

गठित तदर्थ समितिको सचिवमा गोपालकृष्ण शिवाकोटी, कोषाध्यक्षमा निता शाह र सहस्यहरुमा शुशिल चालिसे, गौतम लामिछाने, शैलेन्द्र सुवेदी र निरु त्रिपाठी रहेका छन् । समितिको सल्लाहकारमा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन र वरिष्ठ बैज्ञानिक डा राजु अधिकारी रहेका छन् । प्रतिष्ठानका गतिबिधिहरुलाई ब्यबस्थित र ब्यापक रुपमा अगाडि बढाउन भबिस्यमा अन्य पद, सदस्य र सल्लाहकारहरु पनि थप्दै लगिने कुरामा आजको भेलामा सहमति भएको छ ।

२०७३ सालमा नेपालका बुद्धिजीवि, पत्रकार, सामाजिक अभियन्ता, समाजसेवी, राजनीतिज्ञ, उद्योगपति आदिको संयुक्त भेलाले गोपाल थपलिया प्रतिष्ठान गठन गरिएको थियो । देश विदेशमा रहेर विज्ञान, शिक्षा, स्वाथ्य, साहित्य, कला, सामाजिक सेवा, परिवर्तनको अभियन्ता, पत्रकारिता लगायत सबै क्षेत्रका असंबोधित नायकहरुको खोजी गरी सम्मान गर्ने उद्धेस्यले गठित यस प्रतिष्ठानले विस्वमा भएको मानव हितको सम्पूर्ण कामहरुको सक्दो प्रचारप्रसारमा जोड दिनेछ ।

कार्यक्रममा वरिष्ठ पत्रकार थपलियाले यो प्रतिष्ठान आफ्नो नभएर बिभिन्न क्षेत्रका ब्यक्तिहरुको पहलमा खोलिएको बताउँदै र अष्ट्रेलियामा मात्रै नभै विस्वका अन्य देशहरुमा पनि यो प्रतिष्ठानको कृयाशिलतामा त्यहाँका संबोधन गरिन उपयुक्त असंबोधित नेपाली तथा बिदेशी संबोधित होउन भन्ने आफ्नो चाहना रहेको बताए ।

भिक्टोरीयाको लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले पत्रकार थपलियाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको स्मरण गराउँदै थपलिया विद्यार्थी जीवनकालदेखि नै शिक्षा, समाजसेवा, जनचेतना, पत्रकारिता तथा अन्य क्षेत्रको लागि निरन्तर लागिरहनु भएको बताए । अवैतनिक महावाणिज्यदूत योन्जनले प्रतिष्ठानको सफलताको लागि शुभकामना दिंदै यस्को लागि आफ्नो सक्दो सहयोग रहने बताए ।

वि.सं.२०७५ असोज १७ बुधवार ०८:२४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...