१८ असोज, काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारको साँघुरो मानसिकता र ढिलासुस्तीका कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । स्थानीय र प्रदेश सरकारको अधिकारको उपभोग, नीति निर्माण र कामबारे सामन्जस्यता कायम गर्न बुधबार विराटनगरमा आयोजित प्रदेश १ को पहिलो प्रदेश समन्वय परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।
मुख्यमन्त्री राईले पूर्ण बजेट आए पनि त्यसको कार्यान्वयन गर्न नसकेको बताए । उनले चालू वर्षको पहिलो चौमासिक बितिसक्दा पनि अझै प्रदेश सरकारका संरचना कार्यान्वयनमा ल्याउन नसकेकाले बजेटअनुसार जनताका लागि विकासको काम गर्न नसकेको बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज १८ बिहीवार ०७:४६ मा प्रकाशित