back
CTIZAN AD

‘बा’

वि.सं.२०७५ असोज १८ बिहीवार

627 

shares

बा,
तिमीले लगाएको इष्टकोटले
खाएको घाम पानीको इतिहास
तिम्रो टोपीमा
पोतिएको पसिना, पीर र माटोको इतिहास
मैले कसरी बुझु बा ?
उमेर अगाडि चाउरिएका तिम्रा गाला
समयको घामले सेकेर
पाकेको तिम्रो कपाल
अनुभवको फराकिलो छाति फुकाएर
हिड्ने तिम्रा ति गजबका पाइला
तिम्र साच्चै अजिबका थियौ ‘बा’
अगेनाको छेउमा भात खादा खादैं
मलाई हपारेर
आगनमा पुगेर आमासँग
खास खुस गर्दै भन्थ्यौं–
हेर त बुढी यो पुर्णिामाको जुन कति राम्रो
ठ्याक्कै हाम्रो छोरा हाँसेजस्तै हाँसेको
हो बा
तिमी गजबका थियौं
जुगौं तिमीले इष्टकोट लगायौं
एउटै सुरुवाल, कमिज र टोपीमा
तिमीले आफ्नो जिन्दगी कटायौं
तर, तिमीले
कहिल्यै आमाको धोती पुरानो हुन दिएनौं
आफ्नो छोराको
खुसी कहिल्यै अधुरीन दिएनौं
बा,
अहिले म तिम्रो,
त्यहि पुरानो इष्टकोट हेरिरहेको छु
तिम्रो टोपिमा,
मैले तिम्रो इतिहास खोजिरहेको छु ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०७:५१ मा प्रकाशित

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...

कविता : अन्तिम पाना

कविता : अन्तिम पाना

भुवन शिवाकोटी चौघरे,काठमाडौँ लेख्दा लेख्दै मन छोयौ मनभित्र झन भित्र...

कविता : आलिङ्गनको आलोक

कविता : आलिङ्गनको आलोक

शशीश्री आचार्य बौद्ध, कुमारीगाल -काठमाडौं साँझको सुनौलो आवरण ओढेर जब...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु, तनहुँ हाल चन्द्रागिरी , मातातीर्थ १. जनताको...