१८ असोज, काठमाडौँ । आवासीय प्रयोजनका लागि निर्माण गरिएको घट्टेकुलो स्थित अपार्टमेन्टलाई अस्पताल सञ्चालन अनुमति दिन स्वास्थ्य मन्त्रालयमा व्यापक चलखेल सुरु भएको छ । काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले अस्पताल सञ्चालन स्वीकृति पाऊँ भनी दिएकोे निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठित स्थलगत अनुगमन टोलीले बुझाएको प्रतिवेदनलाई बेवास्ता गर्दै अस्पताल सञ्चालको स्वीकृति प्रदान गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकु¥याल नेतृत्वको अनुगमन टोलीले २०७५ असार २४ गते स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेज प्रालिलाई अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्नका लागि मापदण्ड नपुगेको र अनुपयुक्त रहेको प्रतिवेदन बुझाए पनि स्वास्थ्य मन्त्रालयको एउटा खेमा स्थलगत अनुगमन प्रतिवेदनलाई अस्वीकार गर्दै उक्त ‘अपार्टमेन्ट’ लाई अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्नुपर्ने पक्षमा उभिएको छ । नागरिक दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज १८ बिहीवार ०७:५७ मा प्रकाशित