back
CTIZAN AD

मिर्गौला उपचारमा प्रभावकारी बन्दै आयुर्वेद, के कारणले हुँदो रहेछ त खराब ?

वि.सं.२०७५ असोज १९ शुक्रवार

780 

shares

कालिका खड्का, १९ असोज, काठमाडौँ । सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहका छन् ।

मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो । उनका बाबु फणिन्द्रले धेरै चिकित्सकको परामर्श र्लि । मिर्गौला फेर्नुपर्ने नै सल्लाह दिएपछि निरास भएका उनले आयुर्वेदिक उपचार पद्धति थाले र १६ वर्षे सुविन अहिलेसम्म बिना डायलासिस स्वस्थ भएका हुन् ।

काठमाडौँ महानगरपालिका–१६ पक्नाजोल घर भएका सुविनका बाबु फर्णिन्द्रले भने, “१२ वर्षको कलिलो छोराको मिर्गौला फेर्नुपर्छ भन्दा मनले हरेस खाइसकेको थियो तर आयुर्वेदिक औषधिले ठीक गरायो, अहिले छोराको स्वास्थ्य ठीक छ ।”

कुपण्डोल गुरुद्वार नजिकै रहेको श्री गणेश आयुर्वेदिक औषधालयका वैद्य गणेशबहादुर राउतसँग आवश्यक परामर्श लिएर औषधि खान थालेपछि क्रिटिनाइन विस्तारै कम हुँदै आएको र अहिले उनी समान्य अवस्थामा छन् ।

सुविनजस्तै जनकपुर–९ धनुषा निवासी ४५ वर्षीया चन्दा साहलाई पनि चिकित्सकले डायलासिस गर्नुपर्छ भनेपछि तनाब भएर आयुर्वेदिक उपचार शुरु गरे । उनको क्रिटिनाइन ४ दशमलव ५ पुगेकामा अहिले समान्य अवस्थामा आइसकेको छ ।

“मिर्गौला उपचारका लागि डायलसिस गर्नुपर्छ भनेपछि मैले हरेक खाएकी थिएँ तर आयुर्वेदिक औषधिले ठीक हुन्छ भनेपछि यसमै लागेँँ, चार वर्षसम्म लगातार उपचार गरेपछि अहिले राम्रो भएको छ” आफू स्वस्थ्य भएकीेमा खुशी हुँदै साहले भनिन्, “अहिले म सबै काम गर्न सक्छु, बिरामी छु भन्ने पनि महशुस हुँदैन ।”

सुविन र साहजस्तै धेरैले आयुर्वेदिक पद्धतिबाट सस्तो र बिना डायलसिस मिर्गौलाको उपचार गरी स्वस्थ्य जीवन बिताइरहका छन् । वैद्य राउतका अनुसार मिर्गौलामा क्रिटिनाइन एक दशमलव चार एमजी हुनु सामान्य हो तर उमेर बढ्दै गएपछि दुई एमजीसम्मलाई पनि सामान्य मानिन्छ । मिर्गौलाले रगत र पिसाबमा भएको फोहर छान्ने काम गर्छ ।

“मिर्गौलाको उपचारमा (डायलासिस) गर्दा राज्यको र व्यक्तिको पनि अत्याधिक खर्च भइरहेको छ”, उनले थपे, “एक बिरामीलाई डायलासिस गर्ने पैसाले आयुर्वेदिक पद्धतिबाट १०० बिरामीको उपचार गर्न पुग्छ ।”
मिर्गौलाको समस्या नसर्ने खालको रोग हो । यस्ता बिरामीमा आयुर्वेदिक पद्धतिले सफलता पाउनु खानपानमा जिम्मेवार, उपचारमा निरन्तरता र सचेतना नै मुख्य भएको वैद्य राउतको अनुभव छ ।

किन हुन्छ मिर्गौलामा समस्या ?

क्रिटिनाइन भनेको शरीरको जमेको फोहर हो । मिर्गौलामा जब क्रिटिनाइन बढेर रगत बाक्लो भएपछि पानीको अभाव हुन्छ अनि मिर्गौलाले फोहर छानेर पठाउन सक्दैन । शरीरमा क्रिटिनाइन बढी हुन्छ ।

“मानिसले मिर्गौला फेल भयो भन्ने गर्छन्, तर मिर्गौला फेल भएको होइन कमजोर हुन्छ”, बैद्य राउतले भने, “मेरो अनुभवमा क्रिटिनाइनको मात्रा बढेर दश एमजी नै भए पनि आत्तिनु पर्दैन तर यस पद्धतिबाट डायलसिस शुरु नगरेको अवस्थामा मात्रै काम गर्न सकिन्छ ।”

आयुर्वेदिक उपचार पद्धतिले फोहरलाई दिसा÷पिसाबबाट बाहिर निकाल्छ । मिर्गौला क्रमशः प्राकृतिक रूपमै सक्षम हुँदै आउँछ । डायलसिस गरिसकेपछि यो विधिले काम दिँदैन, किनभने शरीरको प्राकृतिक संरचनामा समस्या आइसकेको हुन्छ ।

“आयुर्वेदिक पद्धतिबाट मिर्गौला उपचार नेपालको नितान्त मौलिक प्रविधि हो”, वैद्य राउतले थपे, “आयुर्वेदको विद्यार्थीको नाताले चोक–चोकमा सहयोग मागरिहेका देखिने क्षमतावानहरूको पनि घरखेत गइसकेकाले मेरो मन छोयो, त्यसपछि मैले अध्ययन गरेर काम शुरु गरेको अहिले १५ वर्ष भयो ।”

यथार्थ अध्ययन गरेर प्रविधिलाई सुरक्षित राख्ने कार्यमा राज्य लागि परोस् भन्ने वैद्य राउतको चाहना छ । यो प्रविधिले भावी पुस्ता, राज्यको सम्पत्ति र जनताको सम्पत्ति जोगाउने कार्यमा ठूलो मद्दत गर्छ । “जब देशका नागरिक अस्वस्थ हुन्छन्, राज्यको समृद्धिको कल्पना पूरा हुँदैन, एक छेउबाट भए पनि राज्यलाई सहयोग पुगोस् र नेपालको मौलिक प्रविधिको संरक्षण होस् भन्ने मोरो चाहना हो”, उनको भनाइ थियो ।

वैद्य राउतले विसं २०४५÷४६ मा विश्व स्वास्थ्य सङ्गठनको सहायतामा १५ महीने आयुर्वेदिक तालीम लिएर निरन्तर खोज तथा अनुसन्धान गरेर मिर्गौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदिन काम गरिरहेका छन् । उनको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न शुरु भएकालाई दुई÷चार महीनामै सामान्य अवस्थामा ल्याउँछ तर अत्यधिक बढेकाका लागि भने केही समय लाग्न सक्छ ।

आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ । मासिक रु पाँच हजारको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना वर्जित गरे छिट्टै निको हुँदै जान्छ ।

वैद्य राउतका अनुसार मिर्गौला खराबी प्रत्येकलाई फरक–फरक कारणले हुन्छ । यो कुरा थाहा पाउनका लागि बिरामीको सुक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । पिसाब कम लाग्ने, वाकवाकी लाग्ने र हात–गोडा सुन्निनेजस्ता यो रोगका लक्षण हुन् ।

वि.सं.२०७५ असोज १९ शुक्रवार १०:०२ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...