back
CTIZAN AD

बागलुङ बजारका १६ सिसी क्यामेरा प्रयोगबिहीन

वि.सं.२०७५ असोज २० शनिवार

672 

shares

२० असोज, बागलुङ । सुरक्षा निगरानीका लागि बागलुङ बजारमा जडान गरिएका २९ मध्ये १६ ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । पाँचवटा विद्युत् आपूर्ति नहुँदा प्रयोगबिहीन अवस्थामा छन् । बाँकी आठ चले पनि भरपर्दा छैनन् ।

विसं २०७१ फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय मिलेर सिसी क्यामेरा जडान गरेका थिए । लाखौँ रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा सिसी क्यामेरा प्रयोगबिहीन बनेका हुन् । सङ्घका सिसी क्यामेरा व्यवस्थापन उपसमितिका संयोजक अर्जुन घिमिरेले बजेट अभावका कारण क्यामेरा मर्मत नभएको बताए ।

मुख्य सडक, चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रिएर काम नलाग्ने भएपछि सुरक्षा चुनौती थपिएको छ । सामाजिक सुव्यवस्था, सडक सुरक्षा र अपराध नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले क्यामेरा जडान गरिएको थियो ।

समीक्षालय चोकको दुई, हल्लन चोकको दुई, अदालत चोकको एक, लोकतान्त्रिक चोकको दुई, धवलागिरि चोकको एक, जीप पार्कको दुई, श्रीनगर टोलको एक, शिवधारा चोकको दुई, लालीगुराँस चोकको दुई र देउराली चोकमा जडान गरिएको क्यामेरा बिग्रिएको हो ।

बजेट अभावमा क्यामेरा मर्मत हुन नसकेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयराम भारीले बताउनुभयो । मर्मतमा करीब रु तीन लाख ५० हजार खर्च लाग्ने जनाइएको छ । नगरपालिकाले क्यामेरा नियमित सञ्चालनका लागि सहयोग उपलब्ध नगराएको सङ्घको गुनासो छ ।

सङ्घकै पहलमा अघि बढेको सिसी क्यामेरा जडान कार्यमा नगरपालिकाको रु ३० लाख र सङ्घको रु २० लाख लगानी भएको थियो । कागजातसहित मर्मतका लागि माग गर्न आएमा तत्काल रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरपालिकाकै कारण क्यामेरा मर्मत र सञ्चालनमा समस्या नआउने उपप्रमुख सुरेन्द्र खड्काले बताए ।

सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

वि.सं.२०७५ असोज २० शनिवार १२:५४ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...