back

बागलुङ बजारका १६ सिसी क्यामेरा प्रयोगबिहीन

वि.सं.२०७५ असोज २० शनिवार

279 

shares
GLOBAL IME AD
NTC AD

२० असोज, बागलुङ । सुरक्षा निगरानीका लागि बागलुङ बजारमा जडान गरिएका २९ मध्ये १६ ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । पाँचवटा विद्युत् आपूर्ति नहुँदा प्रयोगबिहीन अवस्थामा छन् । बाँकी आठ चले पनि भरपर्दा छैनन् ।

विसं २०७१ फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय मिलेर सिसी क्यामेरा जडान गरेका थिए । लाखौँ रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा सिसी क्यामेरा प्रयोगबिहीन बनेका हुन् । सङ्घका सिसी क्यामेरा व्यवस्थापन उपसमितिका संयोजक अर्जुन घिमिरेले बजेट अभावका कारण क्यामेरा मर्मत नभएको बताए ।

मुख्य सडक, चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रिएर काम नलाग्ने भएपछि सुरक्षा चुनौती थपिएको छ । सामाजिक सुव्यवस्था, सडक सुरक्षा र अपराध नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले क्यामेरा जडान गरिएको थियो ।

समीक्षालय चोकको दुई, हल्लन चोकको दुई, अदालत चोकको एक, लोकतान्त्रिक चोकको दुई, धवलागिरि चोकको एक, जीप पार्कको दुई, श्रीनगर टोलको एक, शिवधारा चोकको दुई, लालीगुराँस चोकको दुई र देउराली चोकमा जडान गरिएको क्यामेरा बिग्रिएको हो ।

बजेट अभावमा क्यामेरा मर्मत हुन नसकेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयराम भारीले बताउनुभयो । मर्मतमा करीब रु तीन लाख ५० हजार खर्च लाग्ने जनाइएको छ । नगरपालिकाले क्यामेरा नियमित सञ्चालनका लागि सहयोग उपलब्ध नगराएको सङ्घको गुनासो छ ।

सङ्घकै पहलमा अघि बढेको सिसी क्यामेरा जडान कार्यमा नगरपालिकाको रु ३० लाख र सङ्घको रु २० लाख लगानी भएको थियो । कागजातसहित मर्मतका लागि माग गर्न आएमा तत्काल रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरपालिकाकै कारण क्यामेरा मर्मत र सञ्चालनमा समस्या नआउने उपप्रमुख सुरेन्द्र खड्काले बताए ।

सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

वि.सं.२०७५ असोज २० शनिवार १२:५४ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...