back
CTIZAN AD

नेपालद्धारा चीन १० विकेटको फराकिलो अन्तरले पराजित, २७ रनको लक्ष्य १.५ ओभरमै भेटायो

वि.सं.२०७५ असोज २४ बुधवार

774 

shares

२४ असोज, काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले चीनले दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विना पुरा गरेको हो । नेपालका लागि बिनोद भण्डारीले ८ बलमा नटआउट २४ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर प्रदीप ऐरी ३ बल खेलेर ४ रनमा नटआउट रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको चीन १३ ओभरमा २६ रनमा अलआउट भएकोे थियो । चीनका लागि ओपनर जियाङ हाङले सबैभन्दा बढी ११ रन जोडे ।

उनले २७ बलमा १ चौका प्रहार गरे। अन्य १० ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले ३÷३ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडन राखेर ४ रन खर्चिए भने समान ओभर बलिङ गरेका बसन्तले पनि १ मेडन राख्दै ५ रन दिए । राजवंशीले ३ ओभरमा १ मेडन राख्दा १२ रन खर्चिए ।
नेपालले अब प्रतियोगिताको अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्नेछ । प्रतियोगितामा नेपालले ५ खेलमा शतप्रतिशत जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

वि.सं.२०७५ असोज २४ बुधवार ०९:५५ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...