back

पोर्टलयाण्डमा साहित्य कार्यक्रमको आयोजना

वि.सं.२०७५ असोज २५ बिहीवार

303 

shares
GLOBAL IME AD
NTC AD

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज र नेपाली समाज ओरेगनको संयुक्त आयोजनामा अक्टोबर ७ का दिन एक सािहित्यक कार्यक्रमको आयोजना गरिएको छ ।

पोर्टल्याण्ड, ओरेगनमा आयोजित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनियुक्त अध्यक्ष्य राधेश्याम लेकालीले नेपाली साहित्यलाई विश्वभरि नै नेपाली समुदायका माझ पु¥याउनुपर्ने बताउँदै करिब ४० राष्ट्रमा रहेका नेपालीहरुलाइ समेटेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले काम गरिरहेको बताए ।

त्यस्तै अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका बरिष्ठ सल्लाहकार प्रा. डाक्टर खगेन्द्र लुइँटेलले नेपाली भाषाका बिषयमा कुनै विवाद हुन नहुने र यसको नियम अनुसार सबैले चल्नुपर्ने कुरामा जोड दिनु दिएका थिए ।

कार्यक्रममा वाशिंगटन राज्यका गभर्नरका लागि एशिया प्रसान्त क्षेत्रको कमिसनर मोहन गुरुङ्गले नेपाली भाषाको संरक्षण नभई नेपाली साहित्य बचाउन नसकिने भएकोले सबैले बिदेशमा बसेर पनि नेपाली भाषालाई कसरी बचाउन सकिन्छ त्यो सोच्नु पर्ने बताए ।
उक्त कार्यक्रममा दिलुराज थापा, नवीना शाक्य, अन्जली बज्राचार्य र कुसुमाबती बज्राचार्यले कविता बाचन गर्नु भएको थियो भने दया शाक्यले लघु कथा बाचन गरेका थिए ।


कार्यक्रममा सभापतिको आशनबाट नेपाली समाज ओरेगनका अध्यक्ष भरत बाँस्कोटाले, भाषा भनेको साहित्यको आमा भएकोले नेपाली समाज ओरेगंनले नेपाली भाषालाई जोगाइ राख्न पहल गरिरहेको बताएका थिए भने नेपाली समाज ओरेगनका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार दया शाक्यको संयोजकत्वमा सम्पन्न भएको थियो ।

वि.सं.२०७५ असोज २५ बिहीवार ११:३२ मा प्रकाशित

नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो ३० औ जनयुद्ध दिवस

नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो ३० औ जनयुद्ध दिवस

बिकास गैरे–कतार । नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस...

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ...

नर्वेमा मनाइयो सोनाम ल्होसार

नर्वेमा मनाइयो सोनाम ल्होसार

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री...

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...