back
CTIZAN AD

पोर्टलयाण्डमा साहित्य कार्यक्रमको आयोजना

वि.सं.२०७५ असोज २५ बिहीवार

651 

shares

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज र नेपाली समाज ओरेगनको संयुक्त आयोजनामा अक्टोबर ७ का दिन एक सािहित्यक कार्यक्रमको आयोजना गरिएको छ ।

पोर्टल्याण्ड, ओरेगनमा आयोजित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनियुक्त अध्यक्ष्य राधेश्याम लेकालीले नेपाली साहित्यलाई विश्वभरि नै नेपाली समुदायका माझ पु¥याउनुपर्ने बताउँदै करिब ४० राष्ट्रमा रहेका नेपालीहरुलाइ समेटेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले काम गरिरहेको बताए ।

त्यस्तै अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका बरिष्ठ सल्लाहकार प्रा. डाक्टर खगेन्द्र लुइँटेलले नेपाली भाषाका बिषयमा कुनै विवाद हुन नहुने र यसको नियम अनुसार सबैले चल्नुपर्ने कुरामा जोड दिनु दिएका थिए ।

कार्यक्रममा वाशिंगटन राज्यका गभर्नरका लागि एशिया प्रसान्त क्षेत्रको कमिसनर मोहन गुरुङ्गले नेपाली भाषाको संरक्षण नभई नेपाली साहित्य बचाउन नसकिने भएकोले सबैले बिदेशमा बसेर पनि नेपाली भाषालाई कसरी बचाउन सकिन्छ त्यो सोच्नु पर्ने बताए ।
उक्त कार्यक्रममा दिलुराज थापा, नवीना शाक्य, अन्जली बज्राचार्य र कुसुमाबती बज्राचार्यले कविता बाचन गर्नु भएको थियो भने दया शाक्यले लघु कथा बाचन गरेका थिए ।


कार्यक्रममा सभापतिको आशनबाट नेपाली समाज ओरेगनका अध्यक्ष भरत बाँस्कोटाले, भाषा भनेको साहित्यको आमा भएकोले नेपाली समाज ओरेगंनले नेपाली भाषालाई जोगाइ राख्न पहल गरिरहेको बताएका थिए भने नेपाली समाज ओरेगनका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार दया शाक्यको संयोजकत्वमा सम्पन्न भएको थियो ।

वि.सं.२०७५ असोज २५ बिहीवार ११:३२ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...