back
CTIZAN AD

जहाँ पुगे पनि आफ्नो मातृभूमि, भाषा धर्म र संस्कृतिलाई भुल्नु हुदैन्’

वि.सं.२०७५ असोज २५ बिहीवार

648 

shares

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति विष्णु राईले राईहरु संसारको जुन कुनामा पुगेपनि आफ्नो भाषा, संस्कृति र जन्मभूमिलाई भुल्न नहुने बताएका छन् ।
किराँत राई यायोख्खा युकेको निमन्त्रणमा युके पुगेका सभापति राईले आफ्ना भावि सन्ततीलाई पनि बाटो देखाउनु पर्ने र आफ्नो भाषा संस्कृतिका बारेमा अवगत गराउनु विशेष प्राथमिकता दिनुपर्ने बताएका थिए ।
उनले संसारभरीका राईहरुको छाता संगठन बनाएर एकताबद्ध भएर सहयोग तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।


किराँत राई यायोख्खा युकेकी सभापति कल्पना राईको अध्यक्षतामा सम्पन्न भएको उक्त भेटघाट तथा स्वागत कार्यक्रममा किरात राई यायोख्खाका अन्य शाखाका अध्यक्षहरुले पनि सभापति राईलाई खादा तथा फूलमालाले स्वागत गरेका थिए ।
कार्यक्रममा किराँत राई यायोख्खाकी सभापति कल्पना राईले युकेमा रहेका राईहरु तथा त्यहाँको गतिबिधिका बारेमा आफ्ना भनाई राखेकी थिइन् ।


सोहि अवसरमा सभापति विष्णु राईले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदैं आगामी कार्यकाल सफलताको कामना गरेका थिए । उनले युकेको भ्रमणका क्रममा विभिन्न क्षेत्रमा रहेका क्षेत्रिय समितिका पदाधिकारीहरुसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रदेश नं १ किराँत प्रदेश हुनुपर्नेमा जोड दिएका थिए । जसमा केन्द्रीय तथा क्षेत्रिय समितिका पदाधिकारीहरुले पनि त्यस विषयमा सरोकार राखेका थिए ।

सभापति राईले आउदो वर्षको साकेला २०१९ का लागि युकेका क्षेत्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सभापति कल्पना राईलाई साकेलाको निमन्त्रणा समेत दिदैं अन्य देशका संस्थाका साथीहरुलाई पनि निमन्त्रण दिने बताएका थिए ।
कार्यक्रमकी संचालिका तथा संस्थाकी महासचिव श्रीमती चन्द्रावती राईले यु्नाइटेड किराँतराई अर्गनाइजेशन अमेरिका र किराँत यायोख्खा युकेको विचमा एकआपसमा अनुभव साटसाट गरिनुका साथै सहकार्य गरेर अघि बढ्ने छलफल भएको बताइएकी छन् ।

वि.सं.२०७५ असोज २५ बिहीवार १३:३० मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...