back
CTIZAN AD

प्रयाप्त मात्रामा बजारमा इन्धन पठाइएको निगमको दावी

वि.सं.२०७५ असोज २९ सोमवार

1.6K 

shares

 

२९ असोज, काठमाडौँ । नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ ।

निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए ।

डिपोले आइतबार पनि पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको थियो । आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल उपत्यकाका विभिन्न पम्पमा पठाइएको उनले बताए ।

पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी दिँदै उनले उपत्यकाबाट बाहिरिने सवारी साधनले पूर्ण क्षमतामा इन्धन भर्न खोज्दा पम्पमा केही लाइन देखिएको हुनसक्ने बताए । उनले भने, “निगमले पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको छ । उपत्यकाबाट बाहिरिने सबै सवारी साधन एकैपटक पम्पमा जाँदा केही लाइन देखिएको हुनसक्छ । तर इन्धनको अभाव हुँदैन ।”

निगमको थानकोट डिपोले आपत्कालीन अवस्थाका लागि भन्दै १० कर्मचारीलाई तयारी अवस्थामा राखेको छ । पम्पले जनुसुकै बेला इन्धन माग गरे सार्वजनिक बिदा नभनी उपलब्ध गराइने डिपो प्रमुख रेग्मीले बताए । उनले भने, “हामीले डिपोका तीन जना शाखा अधिकृत र केही प्राविधिकसहित १० कर्मचारीलाई तयारी अवस्थामा राखेका छौँ । इन्धनको अभाव हुन नदिन पम्पले माग गर्नेबित्तिकै ट्याङ्करमा लोड गरेर पठाउँछाँै ।” मङ्गलबारसम्म थानकोटस्थित डिपो नियमितरुपमा खुल्ने बताइएको छ ।

 

वि.सं.२०७५ असोज २९ सोमवार १५:४९ मा प्रकाशित

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको...

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले...

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार...

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ ।  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...