back
CTIZAN AD

दसैंको विदामा घुम्न जाने होइन् त यी ठाउँहरुमा ?

वि.सं.२०७५ असोज ३१ बुधवार

687 

shares

 

दसैँ लामो विदा सहितको चाड । मौसम पनि उत्तिकै सुहाना । त्यसैले शरद ऋतुलाई घुमघामको ऋतु पनि भनिएको होला । झरी थामिएको यो ऋतु न चिसोले कठ्याङग्रीला भन्ने पिर नत गर्मीले गलाउला भन्ने चिन्ता नै । साच्चै घुमु–घुमु लाग्ने मौसम सुरु भएको छ ।

यो मौसमको भरपुर उपयोग गर्न घुमघाम त गर्नैपर्छ । घुम्ने कहाँ ? पछिल्लो समय धेरै नेपालीहरुले यो मौसममा हङकङ, सिंगापुर, बैंककको पताया, मलेसिया, भुटानलाइ घुमघामको थलो बनाउने गरेको पाइएको छ । तर, घुम्नका लागि विदेश जानुपर्छ भन्ने छैन । आफ्नै देशमा यस्ता ठाउँ छन् तीनैबाट तपाइले भरपुर आनन्द लिन सक्नुहुनेछ ।

तानसेन श्रीनगर

काठमाडौंबाट ८ घण्टाको बस यात्रााट तानसेन पुग्न सकिन्छ । तपाई हवाई यात्रा गर्नुहुन्छ भने ३५ मिनेटको हवाइ यात्रामा भैरहवा पुग्न सकिन्छ । त्यहाँबाट १ घण्टाको बसयात्रा गर्नुभयो भने त्यहाँबाट तपाइ तानसेन पुग्न सक्नुहुनेछ । नेपालको पुरानो शैक्षिक केन्द्र तानसेन बजार, तानसेनलाई काखमा लिएर बसेको श्रीनगर डाँडा त्यहाँको घुम्नैपर्ने स्थान हुन् । श्रीनगरबाट बिहानीको सुर्योदय र उत्तरमा अन्नपूर्ण, धवलागिरी, माछापुछ«े सुर्यको किरण सँगै हासेको देख्न सकिन्छ ।

समुद्र सतहबाट १५२४ मीटर अग्लो यो डाँडामा सल्लाका बोटहरुबाट आउने हवासँगै गीत गाउँदै रमाइलो गर्न सकिन्छ । श्रीनगर पुगेपछि ७ किमि टाढा कालीगण्डकी किनारमा रहेको प्रेमको प्रतिक रानीमहल घुम्न छुटाउनु भयो भने तपाइको यात्रा अधुरो हुनेछ ।

लोमाङ्गथाङ्ग

हिमालपारीको जिल्ला मुस्ताङ्ग आफैमा एउटा अद्भुत अनुभुति हो । तीनहजार ८ सय ४० मीटरको उचाइमा रहेको लोमाङ्गथाङ्गमा बर्सेनी ३ हजार भन्दा बढी पर्यटक पुग्ने गर्छन् । यदि तपाई लोमाङ्गथाङ्ग जान चाहानुहुन्छ भने बसयात्रा र हवाइयात्रा दुवै गर्न सक्नेछन् । सँगसँगै जोमसोम, मुक्तिनाथ जस्ता ठाउ पनि मुस्ताङमै पर्छन् । यो क्षेत्र गुम्बैगुम्बाको गाउँ हो । त्यसमाथि गुजमुज्ज परेको बस्ति झुण्ड आकारका घर र घरका छतभरी राखिएका दाउराका चाङले तपाइलाई आनन्दित बनाउने छ ।

रेसुङ्गाको बिचित्र गुफा


समुद्र सतहाट ६ हजार ३३ फिट उचाइमा रहेको रेसुङ्गाबाट आकास खुलेको बेला जति राम्ररस् उत्तरका हिमाल हासेको देखिन्छ त्यति नै सुन्दर तरिकाले भारतको गोरखपुर पनि देखिन्छ । सुयोदय रेसुङ्गाको पहिचान नै भयो ।
गुल्मि जिल्लाको सदरमुकाममै रहेको यो क्षत्र पावन धार्मिक क्षेत्र पनि हो । रेसुङ्गा पुग्नु अगाटि कालीगण्डकी किनारमा रहेको रुरु धाम, एसियाकै ठूलो त्रिशुल रहेको पाल्पाको भैरवस्थान पनि दर्शन गर्न सकिन्छ । काठमाडौंबाट १२ घण्टाको बसयात्राबाट रेसुङ्गा पुग्न सकिन्छ । रेसुङ्गा पुगेपछि त्यहाँबाट १६ कि.मी पश्चिममा रहेको धुर्कोटको बिचित्र गुफा सम्म पुग्नु भयो भने तपाइको यात्रा अपिस्मरणीय हुनेछ ।

अरुबेला असाध्यै गर्मी भएपनि यो मौसम तराइमा अवस्थित लुम्बिनी र सौराहा घुम्नका लागि उपयुक्त हुन्५ । तपाइ पहिला सौराहा पुगेर लुम्बिनी जान पनि सक्नुहुन्छ वा लुम्बिनी घुमेर सौराहा हुँदै काठमाडौं फर्किन पनि सक्नुहुन्छ । साच्चै तपाइले यो विदालाई अबिस्मरणीय बनाउन चाहानुहुन्छ भने बुद्ध भगवानको जन्मस्थान पुगेर मन शान्त पार्नेदेखि राप्ती र नारायणीको किनाराट साँझ अस्ताउँदै गरेको सुर्य हेरेर जीवन बुझ्न समेत सक्नुहुनेछ ।

खप्तड


नेपालकै ‘भर्जिन ल्याण्ड’ खप्तड उत्तिकै मनमोहक पर्यटकिय गन्तव्य हो । खप्तड यात्रा गर्ने सोच बनाउदै हुनुहुन्छ भने कम्तिमा १२ दिन घुम्नका लागि छुट्याउनु पर्छ । खप्तड राष्ट्रिय निकुञ्ज, त्रिवेणी मन्दिर, खप्तड धाम, डडेलधुराकी उग्रतारा, डोटीकी शैलश्वरी यो क्षेत्रमका घुम्नै पर्ने स्थान हुन् ।

भोटेकोशी –त्रिशुली–र्याफ्टिङ


यो याम, र्याफ्टिङको याम पनि हो । सङलो निलो पानीको बहावमा लाईफ ज्याकेट लगाएर पानीसँम्ग लुकामारी गर्नुको मजा बेग्लै हुन्छ । यसका लागि काठमाडौंबाट नजिकको भोटेकोशी र त्रिशुली तपाइकालागि उत्तम हुनेछन् । यसबाहेक काली गण्डकी र कर्णाली नदिले पनि तपाइको स्वागतमा आतुर भएर बसिरहेको छ ।

कोशी टप्पु
कोशी टप्पुुलाई चराहरुको राजधानी भनिन्छ । अनि बाह्रसिंहे अर्ना पािन यस आरक्षण क्षेत्रमा पाइन्छन । पाटे बाघको मुख्य वासस्थान र प्रसस्त् रामसार क्षेत्र भएकाले कोशी टप्पु आरक्षण क्षेत्र पर्यटकको मुख्य आकर्षणको क्षेत्र भएको छ ।


पोखरा, जनकपुर, हलेसी महादेव,लाङ्गटाङ्ग, पुनहिल पदयात्रा, डोल्पा, रारा ताल, पाथीभरा, इलाम लगायत हिमाली, पहाडी र तराई क्षेत्रमा यस्ता धेरै ठाउँछन् जहाँ घुमेर तपाइले आनन्द लिन सक्नुहुन्छ । अनिमात्र बुझ्न सक्नुहुनेछ साच्चै नेपाल स्वर्गको सानो टुक्रा रहेछ ।

 

वि.सं.२०७५ असोज ३१ बुधवार ०८:५४ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...