back
CTIZAN AD

विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिकमा, ३० देशबाट सहभागी हुने

वि.सं.२०७५ असोज ३१ बुधवार

534 

shares

स्याङ्जा । यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता आगामी कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ ।

नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकप आयोजना हुने बताउँदै यो राज्य र खेलाडीका लागि गर्वको कुरा भएको बताए ।
प्रतियोगिता व्यवस्थापन मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले प्रतियोगिताले स्याङ्जाको पहिचान विश्वमै हुने तथा नेपालमा हवाई खेलको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने कार्यमा यो प्रतियोगिता महत्वपूर्ण अवसर हुने बताए ।

आँधीखोला भ्याली एभिएशन जोनलाई विश्वमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने समन्वय प्रमुख सुन्दासको भनाइ छ । जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिरहेको सन्दर्भमा हवाई साहसिक पर्यटकको सङ्ख्यामा वृद्घि गर्ने, हवाई खेलको सम्भावनालाई विश्वसामु उजागर गर्ने र आँधीखोला भ्यालीको हवाई खेलको सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङका प्रशिक्षक सानोबाबु सुनुवारले हवाई खेलका लागि वातावरणीय एवं प्राविधिक हिसाबले आँधीखोला भ्याली उत्कृष्ट भएको दावी गरे । बाबु एडभेन्चर क्लबका अध्यक्ष कृष्णजङ्ग केसीले स्वरेक मैदानमा विश्वकपको आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय संस्था एफएआइ र पिजिएडब्लुसी र राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीले अनुमति दिएको जानकारी दिए । प्रतियोगितामा नेपालसहित जापान, क्यानडा, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, भारत, पाकिस्तानलगायत करीब ३० भन्दा बढी देशका महिला र पुरुष खेलाडीले भाग लिने बताइएको छ ।
प्रतियोगिताको प्रमुख सहयोगी भीरकोट र वालिङ नगरपालिका तथा सहयोगीमा जिल्लाका सबै स्थानीय तह रहेको आयोजकले जनाएको छ ।

वि.सं.२०७५ असोज ३१ बुधवार ०९:१४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...