back
CTIZAN AD

बयासी वडामा एघार सचिव, काम सम्पादनमा समस्या

वि.सं.२०७५ कात्तिक ६ मंगलवार

807 

shares

६ कात्तिक, कालीकोट । कालीकोट जिल्लाका स्थानीय तहमा वडासचिव नहँुदा स्थानीयवासीलाई सेवा लिन समस्या भएको छ । कालीकोट जिल्लाका जम्मा ८२ वटा अहिले ११ जना मात्र सचिव भएकाले वडास्तरबाट सम्पादन हुने काममा समस्या आएको हो ।

स्थानीय पञ्जिकाधिकारी नहँुदा जन्म दर्ता विवाह दर्ता जस्ता काममा समेत प्रभाव परेको छ भने स्थानीयवासीको एक दिनमा हुने कामका लागि दुई–तीन दिन पर्खनु पर्ने बाध्यता रहेको छ । स्थानीय निर्वाचन भएको करीब डेढ वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म अरू कर्मचारी त परै जाओस् वडा सचिवसम्म कालीकोटमा छैनन् ।

रास्कोट नगरपालिका र महावै गाउँपालिकामा एउटै पनि वडा सचिव छैनन् भने खाँडाचक्र नगरपालिकामा तीन, तिलागुफा नगरपालिकामा दुई, शुभकालिका गाउँपालिकामा एक, पलाता गाउँपालिकामा एक, नरहरिनाथ गाउँपालिकामा एक, पचालझर्ना गाउँपालिकामा एक र सान्नी त्रिवेणी गाउँपालिकामा दुईजना रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

यस्तै कालीकोट जिल्ला रास्कोट नगरपालिका प्रमुख काशीप्रसाद बरालले भने कालीकोट जिल्लाका अरू स्थानीय तहमा एक–दुई जना सचिव भएर काम अलि सहज भए पनि आफ्नो नगरपालिकामा नौवटै वडा सचिवविहीन हँुदा समस्या भएको बताए ।

वि.सं.२०७५ कात्तिक ६ मंगलवार ०८:५४ मा प्रकाशित

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...