back

बयासी वडामा एघार सचिव, काम सम्पादनमा समस्या

वि.सं.२०७५ कात्तिक ६ मंगलवार

438 

shares
GLOBAL IME AD
NTC AD

६ कात्तिक, कालीकोट । कालीकोट जिल्लाका स्थानीय तहमा वडासचिव नहँुदा स्थानीयवासीलाई सेवा लिन समस्या भएको छ । कालीकोट जिल्लाका जम्मा ८२ वटा अहिले ११ जना मात्र सचिव भएकाले वडास्तरबाट सम्पादन हुने काममा समस्या आएको हो ।

स्थानीय पञ्जिकाधिकारी नहँुदा जन्म दर्ता विवाह दर्ता जस्ता काममा समेत प्रभाव परेको छ भने स्थानीयवासीको एक दिनमा हुने कामका लागि दुई–तीन दिन पर्खनु पर्ने बाध्यता रहेको छ । स्थानीय निर्वाचन भएको करीब डेढ वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म अरू कर्मचारी त परै जाओस् वडा सचिवसम्म कालीकोटमा छैनन् ।

रास्कोट नगरपालिका र महावै गाउँपालिकामा एउटै पनि वडा सचिव छैनन् भने खाँडाचक्र नगरपालिकामा तीन, तिलागुफा नगरपालिकामा दुई, शुभकालिका गाउँपालिकामा एक, पलाता गाउँपालिकामा एक, नरहरिनाथ गाउँपालिकामा एक, पचालझर्ना गाउँपालिकामा एक र सान्नी त्रिवेणी गाउँपालिकामा दुईजना रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

यस्तै कालीकोट जिल्ला रास्कोट नगरपालिका प्रमुख काशीप्रसाद बरालले भने कालीकोट जिल्लाका अरू स्थानीय तहमा एक–दुई जना सचिव भएर काम अलि सहज भए पनि आफ्नो नगरपालिकामा नौवटै वडा सचिवविहीन हँुदा समस्या भएको बताए ।

वि.सं.२०७५ कात्तिक ६ मंगलवार ०८:५४ मा प्रकाशित

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ८ डुम्रीकोटमा आइतबार राति मोटरसाइकल...

अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २३ जना पक्राउ

अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २३ जना पक्राउ

काठमाडौँ । अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा २३...

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...