back
CTIZAN AD

लागुऔषधसहित तीन पक्राउ

वि.सं.२०७३ कात्तिक ६ शनिवार

1.1K 

shares

६ कात्तिक, वीरगन्ज । भारतको रक्सौलबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई शुक्रबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–२० का भीमरावत यादव, वडा नं–२३ का पशुराम साह र अलौँ कार्निया निवासी सोनमा चौधरी रहेको सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट अलौँले जनाएको छ ।

उनीहरुबाट लागुऔषध, सुई, डाइजोपाम २२० थान फेवारगन २६५ थान र नुर्फिक २२३ थान बरामद गरेको हो । भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको अवस्थामा शुक्रबार राति ९ः३० बजेतिर सिर्सिया छोटी भन्सार कार्यालय नजिकबाट उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जनालाई लागुऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०३:०८ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...