back
CTIZAN AD

महाअभियोगबारे निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई

वि.सं.२०७३ कात्तिक ६ शनिवार

915 

shares

paris-danda

६ कात्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठक महाअभियोग दर्ता भएपछिको राजनीतिक अवस्था र त्यसको प्रभावको विषयमा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा महाअभियोगको पक्षमा अन्य दलसँग आवश्यक छलफल गर्ने सहमति भएको छ ।

महाअभियोग प्रस्ताव दर्ता गर्दा अपनाइएको शैलीका सम्बन्धमा बैठकमा कतिपय सदस्यले असन्तुष्टि राखेका थिए ।

माओवादी केन्द्र र नेकपा (एमाले)सहितका १५७ जना सांसदले गत कात्तिक ३ गते संसद्मा प्रमुख आयुक्त कार्कीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:४५ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...