Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

महाअभियोगबारे निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई



paris-danda

६ कात्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठक महाअभियोग दर्ता भएपछिको राजनीतिक अवस्था र त्यसको प्रभावको विषयमा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा महाअभियोगको पक्षमा अन्य दलसँग आवश्यक छलफल गर्ने सहमति भएको छ ।

महाअभियोग प्रस्ताव दर्ता गर्दा अपनाइएको शैलीका सम्बन्धमा बैठकमा कतिपय सदस्यले असन्तुष्टि राखेका थिए ।

माओवादी केन्द्र र नेकपा (एमाले)सहितका १५७ जना सांसदले गत कात्तिक ३ गते संसद्मा प्रमुख आयुक्त कार्कीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।