back

लोकमानको विषय अनावश्यक चर्चा – नेता पौडेल

वि.सं.२०७३ कात्तिक ६ शनिवार

474 

shares
GLOBAL IME AD
NTC AD

ram-chandra-poudel

६ कात्तिक,दमौली  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस तनहुँद्वारा गाउँ र नगरका सभापतिहरुको एकदिने अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले यस विषयमा काँग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष निकाल्ने बताउनुभयो ।संविधानको कार्यान्वयन र तिनवटै तहको चुनावमा अगाडि बढ्नुपर्ने बेला एउटा व्यक्तिको विषयलाई लिएर सर्बत्र बहसको विषय बनाइएको भन्दै नेता पौडेलले चिन्तासमेत व्यक्त गर्नुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगले उपयुक्त सङ्ख्या निर्धारण गर्न नसकेको भन्दै पछिल्लोपटकको सङ्ख्याले पनि विवाद ल्याउने दाबी उहाँले गर्नुभयो ।

मधेसी मोर्चाले राखेको जायज माग सम्बोधन गरी संविधानलाई कार्यान्वयनतर्फ अगाडि लैजान सबै दलहरु गम्भीर भएर लाग्नुपर्ने बेला आएको पौडेलले बताउनुभयो ।

सांसद धु्रव वाग्लेले २०७४ को माघ ७ गतेभित्र तीनवटै तहको चुनाव नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभयो ।

नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, काँग्रेस क्षेत्र नं १, २ र ३ का सभापति उदयराज गौली, राजेन्द्रकृष्ण श्रेष्ठ, किसान गुरुङ, काँग्रेस नेता जितप्रकाश आले, जिल्ला उपसभापति ताराराज राना, काँग्रेस नेत्री आशा थापालगायतकाले मुलुकभित्र देखिएका समस्या समाधान गर्न काँग्रेसले पहल थाल्नुपर्ने बताउनुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:४८ मा प्रकाशित

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

ग्यास उद्योगीको आन्दोलन स्थगन

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर...

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी...

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको...

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका...

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

पाटन (ललितपुर) । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक...