back
CTIZAN AD

लोकमानको विषय अनावश्यक चर्चा – नेता पौडेल

वि.सं.२०७३ कात्तिक ६ शनिवार

1K 

shares

ram-chandra-poudel

६ कात्तिक,दमौली  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस तनहुँद्वारा गाउँ र नगरका सभापतिहरुको एकदिने अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले यस विषयमा काँग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष निकाल्ने बताउनुभयो ।संविधानको कार्यान्वयन र तिनवटै तहको चुनावमा अगाडि बढ्नुपर्ने बेला एउटा व्यक्तिको विषयलाई लिएर सर्बत्र बहसको विषय बनाइएको भन्दै नेता पौडेलले चिन्तासमेत व्यक्त गर्नुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगले उपयुक्त सङ्ख्या निर्धारण गर्न नसकेको भन्दै पछिल्लोपटकको सङ्ख्याले पनि विवाद ल्याउने दाबी उहाँले गर्नुभयो ।

मधेसी मोर्चाले राखेको जायज माग सम्बोधन गरी संविधानलाई कार्यान्वयनतर्फ अगाडि लैजान सबै दलहरु गम्भीर भएर लाग्नुपर्ने बेला आएको पौडेलले बताउनुभयो ।

सांसद धु्रव वाग्लेले २०७४ को माघ ७ गतेभित्र तीनवटै तहको चुनाव नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभयो ।

नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, काँग्रेस क्षेत्र नं १, २ र ३ का सभापति उदयराज गौली, राजेन्द्रकृष्ण श्रेष्ठ, किसान गुरुङ, काँग्रेस नेता जितप्रकाश आले, जिल्ला उपसभापति ताराराज राना, काँग्रेस नेत्री आशा थापालगायतकाले मुलुकभित्र देखिएका समस्या समाधान गर्न काँग्रेसले पहल थाल्नुपर्ने बताउनुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:४८ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...