back
CTIZAN AD

सान यु–१४ क्रिकेट टोली सम्मानित,विश्वजित राणालाई विशेष सम्मान

वि.सं.२०७३ कात्तिक ६ शनिवार

1.1K 

shares

६ कात्तिक,काठमाडौँ  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले भारतको कोलकाता र मेदिनीपुरमा भएको मैत्रीपूर्ण क्रिकेटमा सहभागी भएको आफ्नो यु–१४ क्रिकेट टिमलाई आज सम्मान गरेको छ ।

उनीहरुलाई यहाँ आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सानका कार्यकारी निर्देशक डा प्रकाश प्रधानलगायतले सम्मानित गर्नुभयो ।

गत साता भएको मैत्रीपूर्ण क्रिकेटमा प्रियान्सु श्रेष्ठ, भार्गव चटौत, रिशोनमान मलेखु, क्षितिज न्यौपाने, हृदय गिरी, आविस्कार जोशी, रोहित राणा, विपीन शाही, कौशल श्रेष्ठ, निश्चल अमात्य, नितिश कर्ण, स्वरुप श्रेष्ठ, आर्यन स्वामी थापा, रोनक पराजुली, पेम्बा लामा, कलिल गिरी, प्रशान अधिकारी र पृथ्वी घिमिरेले भाग लिएका थिए ।

सोही अवसरमा सानद्वारा सञ्चालित क्रिकेट कोचिङ कोर्स एड्भान्स लेभल–२ उत्तीर्ण हुन सफल प्रशिक्षार्थीलाई पनि पुरस्कृत गरिएको थियो । उक्त कोर्समा विशाल राणा पहिलो, सिद्धान्त श्रेष्ठ र इशान चौधरी दोस्रो तथा तब्रेज खान तेस्रो भएका थिए ।

सानले सञ्चालन गर्दै आइरहेको विभिन्न कार्यक्रममा सहयोग पु¥याएका प्रशिक्षार्थीका अभिभावक पनि सम्मानित भए । विश्वजित राणालाई विशेष सम्मान गरिएको थियो ।

सम्मानित हुने अन्य अभिभावकमा भुवन भट्ट, अनिता पाण्डे, महेशमान मलेखु, अरुणदेव जोशी, भवानी विष्ट, भरत शाही, विनोद हाडा, युवराज गिरी, कमलराज थापा, शिवाली जोशी, सुमन श्रेष्ठ तथा रमेशप्रसाद जोशी छन् । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:५१ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...