back

सान यु–१४ क्रिकेट टोली सम्मानित,विश्वजित राणालाई विशेष सम्मान

वि.सं.२०७३ कात्तिक ६ शनिवार

591 

shares
GLOBAL IME AD
NTC AD

६ कात्तिक,काठमाडौँ  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले भारतको कोलकाता र मेदिनीपुरमा भएको मैत्रीपूर्ण क्रिकेटमा सहभागी भएको आफ्नो यु–१४ क्रिकेट टिमलाई आज सम्मान गरेको छ ।

उनीहरुलाई यहाँ आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सानका कार्यकारी निर्देशक डा प्रकाश प्रधानलगायतले सम्मानित गर्नुभयो ।

गत साता भएको मैत्रीपूर्ण क्रिकेटमा प्रियान्सु श्रेष्ठ, भार्गव चटौत, रिशोनमान मलेखु, क्षितिज न्यौपाने, हृदय गिरी, आविस्कार जोशी, रोहित राणा, विपीन शाही, कौशल श्रेष्ठ, निश्चल अमात्य, नितिश कर्ण, स्वरुप श्रेष्ठ, आर्यन स्वामी थापा, रोनक पराजुली, पेम्बा लामा, कलिल गिरी, प्रशान अधिकारी र पृथ्वी घिमिरेले भाग लिएका थिए ।

सोही अवसरमा सानद्वारा सञ्चालित क्रिकेट कोचिङ कोर्स एड्भान्स लेभल–२ उत्तीर्ण हुन सफल प्रशिक्षार्थीलाई पनि पुरस्कृत गरिएको थियो । उक्त कोर्समा विशाल राणा पहिलो, सिद्धान्त श्रेष्ठ र इशान चौधरी दोस्रो तथा तब्रेज खान तेस्रो भएका थिए ।

सानले सञ्चालन गर्दै आइरहेको विभिन्न कार्यक्रममा सहयोग पु¥याएका प्रशिक्षार्थीका अभिभावक पनि सम्मानित भए । विश्वजित राणालाई विशेष सम्मान गरिएको थियो ।

सम्मानित हुने अन्य अभिभावकमा भुवन भट्ट, अनिता पाण्डे, महेशमान मलेखु, अरुणदेव जोशी, भवानी विष्ट, भरत शाही, विनोद हाडा, युवराज गिरी, कमलराज थापा, शिवाली जोशी, सुमन श्रेष्ठ तथा रमेशप्रसाद जोशी छन् । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:५१ मा प्रकाशित

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...