back

विमुद्रीकरणको कारण अझैसम्म रहस्यमय : केजरीवाल

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार

264 

shares
GLOBAL IME AD
NTC AD

२३ कात्तिक, नयाँदिल्ली, भारत । एएफपी विमुद्रीकरण लागू गरिएको दोस्रो वर्ष लाग्दा पनि यसको सान्दर्भिकतालाई केन्द्र सरकारले अझै पनि पुष्टि गर्न नसकेको आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

केजरीवालले बिहीबार मोदी सरकारले भारतीय पुराना मुद्रामा लगाएको रोकलाई पुष्टि गर्न नसकेको बताए । उनले केन्द्र सरकारले के उद्देश्यले विमुद्रीकरणलाई लागू गरेको हो यसको औचित्य पुष्टि गर्नुपर्ने बताए ।

कर्मचारीबाट राजनीतिक नेतृत्वमा पुगेका केजरीवालले विमुद्रीकरण भारतीय अर्थतन्त्रमा आफ्नै कारण सिर्जना गरिएको गहिरो चोट भएको प्रतिक्रिया दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ को नोभेम्बर ८ मा तत्कालीन समयमा प्रचलित भारतीय एक हजार रुपैयाँ तथा ५०० रुपैयाँका नोटमा सोही दिनदेखि लागू हुनेगरी रोक लगाइएको बताएा थिए प्रधानमन्त्री मोदीले बजारमा कर छली गरी थुपारिएको कालो धनलाई नियन्त्रण गर्न विमुद्रीकरण गर्नुपरेको बताएका थिए । यसप्रति भारतीय व्यवसायी, प्रमुख प्रतिपक्ष भारतीय कङ्ग्रेस तथा आम आदमी पार्टीको विमती रहँदै आएको छ ।

मोदी सरकारद्वारा भएका ‘वित्तीय घोटाला’का कैयौँ उदाहरण छन् । विमुद्रीकरण भारतीय अर्थतन्त्र कमजोर पार्न सरकार आफँैले लगाएको गहिरो चोट हो । विमुद्रीकरण गरिएको दुई वर्ष बित्दासमेत राज्यले किन उक्त कदम लिएको हो यसको रहस्य अझै खुलेको छैन ।

पुराना एक हजार तथा ५०० दरका भारतीय रुपैयाँका नोटमाथिको एक्कासिको प्रतिबन्धका कारण बैंकहरूमा तरलताको अभाव हुँदा नयाँ नोट निकाल्न बैंक तथा तिनीहरूका एटिएममा लामो लाइन भारतीय जनताले लामो समयसम्म दुःख खेप्नुपरेको केजरीवालको दाबी थियो ।

कालो धन नियन्त्रण तथा आतङ्कवाद तथा नक्सलवादलाई कमजोर पार्न लिइएको भनिएको कदमको सरकारले भारतीय अर्थतन्त्र कमजोर पार्न लिएको अनुचित कदमका रूपमा विपक्षीहरूले लिने गरेका छन् । सरकारको उक्त कदम ‘गलत सल्लाहका कारण आर्थिक क्षेत्रमा राष्ट्रका लागि लिइएको घातक’ निर्णयका रूपमा उनीहरूले लिने गर्छन् ।

तर बिजेपी नेतृत्वको सरकारले उक्त कदमको प्रतिरक्षा गर्दै यो गैरकानूनी रूपमा राखिएको धनलाई शुद्धीकरण गर्न सरकारले लिएको अडानका रूपमा बताउँदै नेतृत्वको बचाउ गर्दै आएको छ ।

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार ०९:३८ मा प्रकाशित

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

काबुल । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको...

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...