back
CTIZAN AD

बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार

528 

shares

२३ कात्तिक, ढाका, बङ्गलादेश । बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन् ।

सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका विषयलाई लिएर शङ्का उपशङ्का चलिरहेका समय निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो ।

बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त नुरूल हुडाले राष्ट्रिय टेलिभिजनमार्फत दिएको जानकारीमा निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको छ ।

निर्वाचन आयोगको निर्वाचन मिति घोषणाप्रति प्रतिपक्षी दलले असन्तुष्टि प्रकट गरेको छ । उसले निर्वाचनलाई प्रजातान्त्रिक मूल्य मान्यताअनुसार गराउन सत्तापक्षबाट समस्या हुनसक्ने आशङ्का व्यक्त गर्दै प्रतिपक्षी समूहहरूले विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

मतदान सन् २०१८ को डिसेम्बर आइतबारका दिनमा नै हुनेछ, हुडाले बताए । उनले निर्वाचनमा सहभागिता हुनका लागि आगामी नोभेम्बर १९ मा उम्मेदवारी दर्ता गरिने जानकारी गराए ।

सरकारले उपचारका लागि स्वीकृति दिएपछि आफ्नो स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएकी प्रतिपक्षी नेत्री खालिदा जियालाई पुनः जेल पठाइएको छ । सशक्त प्रतिपक्षी नेत्री जियालाई जेलमा राखेर हुने निर्वाचन स्वच्छ हुनेमा प्रतिपक्षीले आशङ्का व्यक्त गरेको हो ।

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार ०९:४६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...