
न्युयोर्क । नेपाली संघिय समाज अमेरीकाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम न्युयोर्कमा नोभेम्बर ११ मा सम्पन्न भएको छ ।
नेफेसो अध्यक्ष समिर महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनजाती आन्दोलनका अगुवा आदरणीय व्यक्तित्व स्व पद्मरत्न तुलाधारको योगदानको चर्चा गर्दै उनको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
नेपालीहरूको माहान चाडपर्व दशै, तिहार, वलिहांग तंनाम्, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

सोहि अवसरमा प्रमुख अथिती नेपाली माहावाणिज्य दूतावास न्युयोर्कका उपमहावाणिज्य दूत कृशु क्षेत्रीले यसरी चाडपर्वहरू मनाउनाले नेपाली संस्कृतिहरूको संरक्षण, प्रचार हुनका साथ सबैले गर्व महसूस गरिने बताएका थिए ।
उक्त कार्यक्रममा, एनआरएनए अमेरीकाका महासचिव बाबुराम लामा, फिप्नाका महासचिव प्रेम गुरूङ, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष छेवक दोर्जे गुरूङ ,तामाङ सोसाईटी अफ नर्थ अमेरीकाका अध्यक्ष लोक्यान लामा, किरात याक्थुङ चुम्लुङ अमेरीकाका अध्यक्ष दिपेश लिम्बु, मगर संघ अमेरीकाका अध्यक्ष कुलदिप राना, डुक्पिया किदुकका अध्यक्ष लाक्पा शेर्पा, युनाईटेट किरात राई अर्गनाईजेशन न्युयोर्क च्याप्टर अध्यक्ष केशवराम राई, शेर्पा किदुकका अध्यक्ष उर्गेन शेर्पा, वालुङ कम्यूनिटीका अध्यक्ष दावाछिरिङ लामा, नेपाली अमेरीकन कलाकार संघका अध्यक्ष सुमन मगर, प्रवासी मन्च अमेरीकाका वरिष्ठ उपाध्यक्ष टेक गुरूङ, एनआरएन बोर्ड अफ डायरेक्टर सन्जय थापा, जनमन्च अमेरीकाका अध्यक्ष अग्नि राई, नेवा गुठी न्युयोर्क अध्यक्ष निर्मल प्रधान, सुनुवार समाज अमेरीकाका उपाध्यक्ष मोहन सुनुवार, शेर्पा किदुक महासचिव टेन्डी शेर्पा, प्रवासी मन्च न्युयोर्कका अध्यक्ष अर्जुन सिंह, तामाङ सोसाईटी न्युयोर्क च्याप्टर अध्यक्ष गोमा योन्जन तामाङ, नेफेसो सल्लाहकार पार्वती थापामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

न्युयोर्कको क्वीन्सस्थित ज्याक्सनहाईटमा आयोजित कार्यक्रममा नेपाली समुदायका अगुवाहरू तथा नेफेसो अमेरीकाका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रम सभापतिको हैसियतले नेफेसो अमेरीकाका अध्यक्ष समिर महर्जन ले नेपाली संस्कार, संस्कृति, परम्परा, रितिरिवाजहरूलाई विदेशी भूमिमा पनि हर्षोल्लासका साथ मनाउदै नेपाली पहिचान जोगाउने काम भएको भन्दै खुसी व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्ण माहानुभावहरूलाई महासचिव मनोज सिंहले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रम संचालन सचिव लोक चेम्जोङले गरेका थिए ।
वि.सं.२०७५ कात्तिक २६ सोमवार ०९:३२ मा प्रकाशित




























