back
CTIZAN AD

म्याक्रोँद्वारा विश्व नेताहरूलाई शान्तिका लागि सङ्घर्ष गर्न आग्रह

वि.सं.२०७५ कात्तिक २६ सोमवार

672 

shares

 

२६ कात्तिक, पेरिस । फ्रान्सले विश्व शान्तिका लागि जनमत सिर्जना गर्न एक भई काम गर्न विश्व नेताहरूसँग आग्रह गरेको छ ।

प्रथम विश्व युद्धको अन्त्य भएको १०० बर्ष पुगेको अवसरमा फ्रान्सले आयोजना गरेको समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका दर्जनौँ नेता सहभागी कार्यक्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले भन्नुभयो, “विश्व शान्तिका लागि संयुक्त रूपमा पहल गरौँ ।”

उनले थपे, “एक आपसमा डर तथा भयको खेलभन्दा विश्वशान्तिका लागि हामी सबैको आशाको बाटो निर्माण गरौँ । यसका लागि संयुक्त पहलको थालनी गरौँ ।”

प्रथम विश्व युद्ध सन् १९१४ को जुलाई २८ मा शुरू भएको थियो । युद्धमा अनुमानित ९० लाख लडाकूका साथै ७० लाख सर्वसाधारणको ज्यान गएको बताउने गरिन्छ । प्रथम विश्व युद्ध शुरु भएको चार वर्षपछि सन् १९१८ को नोभेम्बर ११ मा समाप्त भएको थियो ।

प्रथम विश्व युद्ध समाप्त भएको अवसरमा फ्रान्सको पेरिसस्थित ‘आर्क डे ट्रिओम्फे’ मा विश्वका नेताहरू जम्मा भई निराश विश्वको आशा जगाएको दिनको सम्झनामा कार्यक्रम हायोजना गरिएको छ । कार्यक्रमलाई विश्वका प्रमुख नेताले सम्बोधन गर्नेछन् ।

 

वि.सं.२०७५ कात्तिक २६ सोमवार १२:३८ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...