back

म्याक्रोँद्वारा विश्व नेताहरूलाई शान्तिका लागि सङ्घर्ष गर्न आग्रह

वि.सं.२०७५ कात्तिक २६ सोमवार

342 

shares
GLOBAL IME AD
NTC AD

 

२६ कात्तिक, पेरिस । फ्रान्सले विश्व शान्तिका लागि जनमत सिर्जना गर्न एक भई काम गर्न विश्व नेताहरूसँग आग्रह गरेको छ ।

प्रथम विश्व युद्धको अन्त्य भएको १०० बर्ष पुगेको अवसरमा फ्रान्सले आयोजना गरेको समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका दर्जनौँ नेता सहभागी कार्यक्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले भन्नुभयो, “विश्व शान्तिका लागि संयुक्त रूपमा पहल गरौँ ।”

उनले थपे, “एक आपसमा डर तथा भयको खेलभन्दा विश्वशान्तिका लागि हामी सबैको आशाको बाटो निर्माण गरौँ । यसका लागि संयुक्त पहलको थालनी गरौँ ।”

प्रथम विश्व युद्ध सन् १९१४ को जुलाई २८ मा शुरू भएको थियो । युद्धमा अनुमानित ९० लाख लडाकूका साथै ७० लाख सर्वसाधारणको ज्यान गएको बताउने गरिन्छ । प्रथम विश्व युद्ध शुरु भएको चार वर्षपछि सन् १९१८ को नोभेम्बर ११ मा समाप्त भएको थियो ।

प्रथम विश्व युद्ध समाप्त भएको अवसरमा फ्रान्सको पेरिसस्थित ‘आर्क डे ट्रिओम्फे’ मा विश्वका नेताहरू जम्मा भई निराश विश्वको आशा जगाएको दिनको सम्झनामा कार्यक्रम हायोजना गरिएको छ । कार्यक्रमलाई विश्वका प्रमुख नेताले सम्बोधन गर्नेछन् ।

 

वि.सं.२०७५ कात्तिक २६ सोमवार १२:३८ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...