back
CTIZAN AD

अमेरिकी हतियारका लागि युरोपले रक्षा बजेट बढाउन हुँदैन : म्याक्रोँ

वि.सं.२०७५ कात्तिक २६ सोमवार

690 

shares

२६ कात्तिक, पेरिस ।  अमेरिकामा निर्मित हतियार खरिद् गर्न युरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि म्याक्रोँले दिएको अन्तवार्तामा उक्त कुरा बताएका हुन् ।

दर्जनौँ विदेशी नेता प्रथम विश्व युद्धको अन्त्य भएको दिनको सम्झनामा आयोजना गरिएको कार्यक्रममा आएका समय अमेरिकी राष्ट्रपतिले पेरिसमा अवतरण गरे लगत्तै गरेको ट्वीटमा म्याक्रोँको ‘युरोपियन मुलुकहरूको वास्तविक सेना’ बनाउने योजना अमेरिकाका लागि ‘अपमानपूर्ण’ अभिव्यक्ति भएको बताएका थिए ।

स्थानीय समयानुसार शनिबार अमेरिकी राष्ट्रपतिसँगको कुराकानी पछि अमेरिकी टेलिभिजन सीएनएनका लागि लिइएको अन्तवार्तामा उक्त विवादका विषयमा दुई नेताबीच कुराकानी भएको र यसबारे उनको कार्यालयले गलत बुझाइ बाहिर आएको म्याक्रोँले बताए ।

हामीले पूर्वनिर्धारित कार्यक्रमअनुसार शनिबार कुराकानी भएको र सञ्चारकर्मीको अगाडि आफ्नो अडान ठीक भएको उनले बताए सीएनएनसँगको कुराकानीमा म्याक्रोँले बताए ।

भेटमा दुवै नेता ‘उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)मा सही आर्थिक भार बहन गर्ने कुरामा’ सहमत भएको अर्थात् अमेरिकी रक्षाका लागि गरिने खर्चमा युरोप कम बोझ बहन गर्ने सहमति भएको छ, म्याक्रोँले भने ।

तर म्याक्रोँले सीएनएनसँग भने, प्रष्ट रूपमा भन्नुपर्दा मैले युरोपेली मुलकमा सुरक्षा शीर्षकमा बजेट बढाउने अमेरिकी हतियार किन्ने कुरा आफूलाई ठीक लागेको छैन ।
“यदि बजेट वृद्धि गरियो भने यो हाम्रो स्वायत्तताका लागि मात्रै गरिनेछ ।”

गत महिना बेल्जियमले युरोपियन विमान नकिनेर अमेरिकी लडाकू जेट विमान एफ–३५ किन्ने निर्णयको आलोचना गरेका थिए । यसलाई उनले युरोपियन सहमतिविरुद्धको काम बताएका थिए ।

वि.सं.२०७५ कात्तिक २६ सोमवार १२:५२ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...