back
CTIZAN AD

कसैको दबाब र लहडमा संविधान संशोधन नहुने – उपाध्यक्ष गौतम

वि.सं.२०७३ कात्तिक ७ आइतवार

840 

shares

७ कात्तिक, बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालको संविधान विश्वमा उत्कृष्ट संविधान रहेको भन्दै संविधान संशोधन कसैको दबाब र लहडमा नहुने स्पष्ट पार्नुभएको छ । उहाँले कसैले भन्दैमा संविधान संशोधन हुन नसक्नेसमेत बताउनुभएको छ ।

नेकपा (एमाले) रूपन्देहीको आठौँ अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै नेता गौतमले एमालेले जनताको भावना र मर्म बुझेर प्रतिपक्षमा बसेर पनि नेतृत्वदायी भूमिका खेलिरहेको बताउनुभयो ।

नेता गौतमले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको नीति तथा कार्यक्रम र विकासमुखी बजेटका कारण माओवादी र नेपाली काँग्रेस आत्तिएर ओली नेतृत्वको सरकार गिराएको आरोप लगाउनुभयो ।

उपाध्यक्ष गौतमले जनताको मन जित्ने र जनताको भाग्य सुनिश्चित हुने काम गर्ने पार्टी एमाले नै भएको दाबी गर्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले अहिले देशको प्रत्येक कुनाकुना र क्षेत्रका नागरिकमा एमालेप्रति आशा, भरोसा र विश्वास जाग्दै गएको भए पनि त्यसलाई परास्त पार्न पश्चगामी शक्तिहरू लागिपरेको आरोप लगाउनुभयो ।

अर्का उपमहासचिव घनश्याम भुसालले नेपालको कम्युनिस्ट आम्दोलनको नेतृत्व एमालेले गरेकाले अबको कम्युनिस्ट आन्दोलनको कार्यभार पूरा गर्न एमाले नै सक्षम रहेको बताउनुभयो ।

पार्टी सचिव प्रदीप ज्ञवालीले संविधान कार्यान्वयनमा सरकार चक्रब्यूहमा फसेको बताउँदै संविधान संशोधनको निहुँमा सरकारले देशमा अस्थिरता निम्त्याउन लागेकाले त्यसको प्रतिरक्षा एमालेले गर्ने बताउनुभयो ।

अधिवेशनको उद्घाटनसत्रमा पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा, लुम्बिनी अञ्चल इन्चार्ज वैजनाथ चौधरी, पोलिटब्युरो सदस्य राधा ज्ञवाली, केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज लीला गिरीलगायतले बोल्नुभएको थियो ।

पार्टीका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ कम्युनिस्टहरू, भूकम्पीय स्वयम्सेवकहरू, मदन आश्रित स्मृति भवन निर्माण समितिलाई सम्मान गरिएको थियो ।

यसैबीच नेकपा (एमाले) रूपन्देहीको नयाँ निर्माणाधीन भवनको पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री गौतमद्धारा गरिएको थियो ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०३:४८ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...