back
CTIZAN AD

खसोग्गीको हत्याबारे आएको फ्रान्सेली विज्ञप्ति ‘अस्वीकार्य’ : टर्की

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

735 

shares

२७ कात्तिक, इस्तानबुल टर्की । एएफपी पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणमा आफ्ना राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘राजनीतिक खेल’ खेलेको भनी फ्रान्सका विदेशमन्त्री जाँ एभेस ले ड्रियनले लगाएको आरोप स्वीकार्य नहुने टर्कीले सोमबार जनाएको छ ।

“हामीले साउदी अरबका नागरिक तथा अमेरिकी समाचार संस्था ‘वासिङ्टन पोष्ट’ का स्तम्भकार खसोग्गीको हत्या प्रकरणमा टर्कीका राष्ट्रपतिले ‘राजनीतिक नाटक मञ्चन’ गरेको भनी विदेशमन्त्री एभेसले लगाएको आरोप आफुहरूलाई कदापि स्वीकार्य हुने छैन,” टर्कीको राष्ट्रपती कार्यालयका सूचना निर्देशक फारेटिन अल्तुनले एएफपीसँग बताए ।

“यो कुरा नविसौँ कि यदि टर्कीले उक्त मुद्दालाई बाहिर ल्याउन नसघाएको भए खसोग्गीको हत्या प्रकरण उहिल्यै ढाकछोप गरिने थियो । यो विदेशी पत्रकारको न्यायका लागि टर्कीले देखाएको ऐक्यवद्धता हो ।”

खसोग्गीको हत्या प्रकरणमा राष्ट्रपति एर्दोआनलाई जोडिनु निन्दनीय भएको जनाउँदै यस बिषयमा फ्रान्ससँग कुटनीतिक मर्यादा अनुसार जवाफ माग्ने टर्कीले जनाएको छ ।

वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०९:५८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...